​पंचशील सहकारीको अध्यक्षमा पुनः खतिवडा

0
Shares

नेपाल समाचारपत्र, ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि।को १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष राजु खतिवडाले सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०७३/०७४ मा सहकारीको शेयर पूँजीतर्फ रु। ८ करोड ३६ लाख १८ हजार २ सय कायम हुन गएको छ ।

संस्थाले बचततर्फ ७६ करोड ६ लाख २ हजार ७ सय २९ रुपैयाँ संंकलन गरेको छ । संस्थाले ९४ करोड २३ लाख ८८ हजार ५ सय ६ रुपैयाँ वार्षिक कारोबार गर्न सफल भएको छ । पञ्चशील अन्य सहकारीको बीचमा नमुना सहकारीको रुरुपमा आफूलाई स्थापित गर्न सफल भएको साधारणसभामा जनाइएको छ । संस्थाले यस आ।व।२०७३–०७४ मा ३ करोड ६ लाख ४० हजार २ सय ५४ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । माथि उल्लेखित खुद नाफा अघिल्लो आर्थिक वर्षको भन्दा २० प्रतिशतले बृद्घि गरेको छ । संस्थाले आ।व।०७३(०७४ मा ६१ लाख २८ हजार ५० रुपैयाँ ९२ पैसा आयकर दाखिला गरेकोे छ ।

संस्थाले सामाजिक क्रियाकलाप अन्र्तगत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सहकारी कार्यक्रमहरुमा सक्रिया सहभागिता जनाउँदै आएको छ । यस संस्थाले कर्मचारी र शेयर सदस्यहरुलाई सहभागितामूलक तालिम संचालन गर्दै आएको छ । राज्यको तीन खम्बामध्ये एक खम्बा सहकारी क्षेत्र रहेकाले राज्यको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संस्था अगाडि बढिरहेको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिए । संस्थाले यो आर्थिक बर्षमा आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत शेयर लाभांश प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले सहकारी क्षेत्रमा पञ्चशीलले गरेको योगदानको चर्चा गरेका थिए ।
नयाँ कार्यसमिति चयन
संस्थाको साधारणसभाले नया संचालक समिति चयन गरेको छ । संचालक समितिका अध्यक्षमा राजु खतिवडा, उपाध्यक्षमा अशोक बज्राचार्य, सचिवमा घनश्याम धमला र कोषाध्यक्षमा रामप्रसाद गिरीलाई चयन गरेको छ । सदस्यहरुमा राजेन्द्र शाक्य, देवेन्द्र श्रेष्ठ र जीवनदेवी बज्राचार्य, लेखासमितिको संयोजकमा भोलानाथ ढुंगाना र सदस्यमा शेषराज दाहाल र रामप्रसाद निरौला रहेका छन् ।