आमाको रिसले नाबालक छोराको हत्या

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । बारामा एक महिलाले सामान्य रिसिभीका कारण एक नवजात शिशुको हत्या गरेको छ ।
आमासँगको रिस फेर्न बाराको सिम्रौनगढमा नाबालकको हत्या भएको गरिएको हो । रौतहट जिल्लाको गढिमाई गाउँपालिका‐७ का रवीना खातुनका २ वर्षीय छोरा रेयाल अंसारीको हत्या भएको प्रहरीले जनाएको छ ।बालक हत्याको आरोपमा प्रहरीले सिम्रौंनगढ नगरपालिका ‐३ की २० वर्षीया हसबुन खातुनलाई पक्राउ गरेको छ । बालक रेयाल आइतबार बिहान ११ बजे मामाघरबाट हराएका थिए । उनी हराएपछि खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुनेश्वरप्रसाद साहले जानकारी दिए ।

स्थानीय रुवैडा खातुनको आँगनमा आइतबार साँझ अन्दाजी ८ बजेको समयमा हत्यागरी फलिएको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ । रौतहट घर भएकी रविना बाराको सिम्रौनगढस्थित माइतमा तीन वर्षदेखि बस्दै आएकी थिइन् । रविना र हत्या आरोपी हसबुन खातुनबीच सामान चोरीको आरोपमा सोही दिन बिहान झगडा भएको थियो ।आमासँगको रिस फेर्न हसबुनले रविनाका नाबालक छोराको मुख थुनेर हत्या गरी अर्को घर अगाडि फालेको अनुसन्धानबाट खुल्न आएको डिएसपी साहले जनाए ।

बालक हराएको केही बेरमा नै बालकको हत्या गरी खाना पकाउने तीन मुखे चुलो भित्र दिनभरी शव लुकाएर रातपरेपछी अर्काको आँगनमा फालिएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक साहले जानकारी दिएका छन् ।