बाढीपीडितको उपचारमा खटिएका डा. गोविन्द केसी आँफै अस्पताल भर्ना, सिभिएर ग्यास्ट्राइसिस भएको अनुमान



नेपाल समाचारपत्र, काठमाडौ ।
प्राध्यापक डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। हिजोदेखि अत्याधिक पेट दुखेपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा केसीको उपचार भइरहेको छ । केसीलाई सिभिएर ग्यास्ट्राइसिस हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन्।

खाना नखाएर शरीर कमजोर भएकाले बिरामी भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

डा. केसी अस्वस्थ हुँदाहुँदै गत गतसाता बाढीपीडितको उपचारका लागि सप्तरी गएका थिए। सप्तरीमा पनि विरामी भएपछि केसीलाई स्लाइन चढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्