पुस्तक बिक्रीबापतको रकम धरहरा पुनःनिर्माणमा

0
Shares

नेपाल समाचारपत्र ,काठमाडौं ।  कवि तथा कलकार ध्रुवप्रसाद गजुरेलले आफ्नो “इतिहासमा बि.सं. २०७२” पुस्तक विक्रीबाट संकलन भएको १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ पुरातत्व विभागका महा–निर्देशक भेषनारायण दाहाल र कलाकार मदनकृष्ण श्रेष्ठसहितको उपस्थितिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अध्यक्ष डा. गोविन्द प्रसाद पोख्रेलज्यूलाई हस्तान्तरण गरेका छन् ।

यस्तै उनले चलाएको अभियान अन्र्तगत अष्ट्रेलियाबाट प्राप्त ८२ हजार २८ रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय थापाथलीको धरहरा निर्माण कोषको चल्ति हिसाब नं. १४३०००१९८००१ मा रकम जम्मा गराएका छन् ।

उनकै लेखनमा युटुब च्यानल मार्फत् गाईजात्रा को भिडियो “हनुमानको नेपाल यात्रा” सार्वजनिक गराएका छन् । धरहरा पुनःनिर्माण अभियानमा सहयोग पुर्याउने उदेश्य राखी निर्माण गरिएको उक्त गाईजात्रा श्रीराम इन्टरटेन्मेण्टले निर्माण गरेको हो । युटुब च्यानलमार्फत् प्राप्त हुन आउने रकम निर्माता कम्पनीबाट सोझै धरहराको खातामा जम्मा हुने निर्माता कम्पनीले बताएको छ ।

२०७२ को महाभूकम्पमा ढलेको धरहरा राष्टको धरोहरका रुपमा पुन निर्माण होस् भन्ने हेतुले आफूले अभियान नै चलाएको र देश र देश बाहिरबाट पनि सो अभियानमा रकम जुटिरहेको, त्यसरी जुटेको रकम धरहरा पुनःनिर्माण अभियानको नाममा बैंकमा जम्मा गरी भौचर र जानकारी आफ्नो फेसबुकमार्फत् गर्दै आएको गजुरेलले बताए ।

उनको यस अभियानलाई अष्ट्रेलियामा रहेका नेपाली सम्प्रदायले उनको पुस्तकको कभर पेजलाई ब्लग  (Calling for all Nepalese Resident in Australia to help rebuilding or Historical DHARAHARA Tower in Kathmandu) भनि सहयोग जुटाउने कार्य गरेका छन् ।

गजुरेलका अनुसार पहिलो चरणको अभियान पूरा भई दोश्रो चरण शुरु भएको र धरहरा पुनःनिर्माण सम्पन्न नभएसम्म जारी रहने छ ।