सार्वजनीक यातायातमा पाकेटमारको बिगबिगी,वास्तै गर्दैन प्रहरी प्रशासन



नेपाल समाचारपत्र, काभ्रे ।
यहा बाट सञ्चालन भैरहेको काभ्रे मिनिवस व्यवसायी संघ र काभ्रे बस व्यवसायी संघको मातहतका सार्वजनीक यातायातमा पाकेटमारको विगविगि बढेको छ ।
सार्वजनीक यातायातमा दैनिकजसो पाकेटमारको घटना घटेपनि स्थानिय प्रहरीले यो नियन्त्रणको लागि कुनै सक्रियता देखाएको छैन । कतिपय यातायातमा सह चालकहरु समेत सक्रिय रहेको गुनासो आइरहेको छ ।
बस व्यवसायी संघहरुले पनि बढ्दो पाकेटमारको घटना नियन्त्रणका लागि कुनै चासो दिएका छैनन् । व्यवसायीहरुले तोकिएको भाडा भन्दा बढी भाढा असुलेर ठगीएका यात्रुहरु पाकेटमारको घटनाले थप पिडामा परेका छन् ।

पनौतीको बसबाट सोमबार वेलुकी चौकोट बाट बनेपा आउने क्रममा स्थानिय पुष्कर महतको ४० हजार रुपैया चोरी भयो । पाकेटमारले पाईन्टको खल्ती काटेर उक्त पैशा निकालेका थिए ।

प्रायगरी खचाखच भएको बसमा पाकेटमारहरु चढ्ने गर्छन र यात्रुहरुको खल्तीबाट पैशा निकाल्छन् । केहिदिन अघि पाकेटमारले बनेपाबाट धुलिखेल जाने क्रममा यात्री खडानन्द गौतमको ३० हजार रुपैया चोरी गरेका थियो । यी दुई उदाहरणमात्र हो ।

यहाको बसपार्कमा दैनिकजसो पाकेटमारको घटना भएको सुन्न पाइन्छ । अझ पाकेटमारको घटनामा बसको चालक दलका सदस्यहरु समेत संलग्न भएको भन्दै कार्वाहिको लागि प्रहरी चौकी लगिएको र चौकीले खासै अनुसन्धान नगरी छोडिदिएको गुनासो पनि प्रसस्त आएको छ ।

पाकेटमारको घटना बढ्दै गएपछि शंकास्पद व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीलाई खवर गर्दा पनि कुनै वास्ता नगरेको बनेपाका एक स्थानियबासिन्दा बताउछन् ।

‘धुलिखेलको गाडीबाट बनेपा ओर्लीएका एक शंकास्पद व्यक्तिसंग एकमोठा पैशा रहेको देखेपनि मैले प्रहरीलाई खवर गरे, तर प्रहरीले कुनै चासो दिएन’ ति स्थानीय बासिन्दाले भने– त्य व्यक्ति पटक पटक चोरी केशमा चौकी परेको व्यक्ति थियो ।

जिल्लामा पाकेटमारको आशंकामा बसबाट समातेर प्रहरीलाई बुझाउदा समेत कुनै सोधपुछ नै नगरी छोडिदिएको गुनासो समेत पटक पटक आइरहेको छ । प्रहरीले भने पिडित मानिसले यस्ले चोरेको हो भनेर नबके सम्म कार्वाहि गर्न नमिल्ने भन्दै छोड्ने गरेको उनिहरुको गुनासो छ ।

चाढबाढ नजिकिएसंगै पाकेटमारहरु सक्रिय भएको र चोरीको घटना बढ्दै गएपनि नियन्त्रणको लागि प्रहरी प्रशासनले सक्रियता नदेखाएपछि स्थानियहरुले प्रहरी प्रतिको विश्वास गुमानउन थालेका छन् ।

सार्वजनिक यातायातमा पाकेटमारले पैशा चोरेपनि कतिपय यात्रुहरु प्रहरीलाई उजुरी गर्न जादैनन् । प्रहरीलाई खवर गर्नु भएन भन्दा उनिहरु भन्छन– प्रहरी नै मिलेका हुन्छन के खवर गर्नु ?
नजिकिदो दशै तिहार संगै प्रहरीलाई मोटो रकम दिएर जुवा तासका खालपनि सञ्चालन हुने गरेको छ । बनेपा, धुलिखेल र पनौती क्षेत्रमा मात्र हैन चोरिका घटना गाउघरतिर पनि हुन थालेको छ ।

मण्डन देउपुरमा सोमबार राति स्थानिय प्रमवहादुर तामाङको घरबाट ६ लाख रुपैया बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्