डेम्बेले बार्सिलोनासँग आबद्ध


                                                                           ५ महँगो ट्रान्सफ(पाउन्डमा)

                                                     २० करोड नेयमार  (बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन २०१७)
१३ करोड ५५ लाख आउसमाने डेम्बेले  (डर्टमन्डबाट बार्सिलोना २०१७)
८ करोड ९० लाख पउल पोग्बा  (युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड २०१६)
८ करोड ५० लाख गेरेथ बेल (टोटनहामबाट                                                          रियल मेड्रिड २०१३)

८ करोड क्रिस्टियानो रोनाल्डो  (म्यानचेस्टर                                                         युनाइटेडबाट रियल मेड्रिड २००९)

लन्डन, (एजेन्सी)।  

स्टार खेलाडी नेयमारको बहिर्गमनपछि ला लिगा क्लब बार्सिलोनाले महँगो रकममा बोरुसिया डर्टमन्डका फरवार्ड आउसमाने डेम्बेलेलाई भिœयाएको छ।

फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीलाई बार्सिलोनाले ५ वर्षका लागि सम्झौता गर्न सबै प्रक्रिया पूरा गरिसकेको सोमबार क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले जनाएका हुन्। डेम्बेलेका लागि शुरूआतमा ९ करोड ६८ लाखको प्रस्ताव राखे पनि अन्त्यमा यो रकम बढेर १३ करोेड ५५ लाख पाउन्डमा सम्झौता हुन गयो। २० वर्षीय खेलाडी दोस्रो महँगो खेलाडी बनेका छन्।

यो खेलाडी खरीदविक्रीको इतिहासमा दोस्रो सर्वाधिक महँगो रकम हो। यसअघि यसै सिजनमा नेयमारलाई पेरिस सेन्ट जर्मेनले २० करोड पाउन्डमा सम्झौता गरेको नै अहिलेसम्मको सर्वाधिक महँगो रकम हो।

डेम्बेलेले बताए– ‘म ज्यादै खुसी छु। बार्सिलोनामा आउनु मेरो सपना हो। अहिले म यहाँ छु। मेरो सपना पूरा भएको छ। यो विश्वमा उत्कृष्ट खेलाडीसँगको उत्कृष्ट क्लब हो।’

डेम्बेलेले पछिल्लो पटक डर्टमन्डमा जर्मन सुपर कपमा ५ अगस्टमा खेलेका थिए। यसै समयमा जर्मन बुन्डेसलिगाको टोलीले बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको थियो। त्यसपछि खेलाडी निलम्बनमा परेर डर्टमन्डको प्रशिक्षणमा सहभागिता हुन सकेका थिएनन्।

यस्तै बार्सिलोनाले लिभरपुलका मिडफिल्डर फिलिपे काउन्टिनोलाई क्लबमा ल्याउन तीन पटक इंग्लिस प्रिमियर लिग क्लबलाई प्रस्ताव पठाएको थियो। तर तीनैपटक लिभरपुलले अस्वीकार गरिदिएको थियो। तेस्रोपटक काउन्टिनोका लागि ११ करोड ४० लाख पाउन्ड प्रस्ताव राखिएको थियो।

बार्सिलोनाले पछिल्लोपटक सन् २०१४ मा लुइस स्वारेजलाई लिभरपुलबाट ७ करोड ५० लाख पाउन्डको महँगो रकममा किनेको थियो। जब कि बार्सिलोनाका अध्यक्ष बार्टोमेउका अनुसार नेयमारलाई २०१३ मा सान्तोसबाट ९ करोड २० लाख पाउन्डमा किन्नु सबैभन्दा महँगो सम्झौता थियो। तापनि ट्रान्सफर शुल्कमा नेयमारलाई किनेको रकम ४ करोड ८६ लाख पाउन्डको खुलाएको थियो।

डेम्बेले गत सिजनमा डर्टमन्डका लागि १० गोल गर्नुका साथै २१ गोलका लागि सहयोगी भूमिकामा रहेका थिए।
त्यो सिजनमा उनको टोली तेस्रो स्थानमा रहेको थियो भने जर्मन कप दिलाएका थिए। त्यस्तै टोली च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म पुगेको थियो। उनी डर्टमन्डमा फ्रेन्च वान टोली रेनेसबाट मे २०१६ मा ५ वर्षका लागि आबद्ध भएका थिए। डेम्बेले फ्रेन्च लिग वानमा २०१५–१६ सिजनका लागि वर्षका युवा खेलाडी घोषित भएका थिए। उनले १२ गोल गर्नुका साथै ५ गोलमा सहयोेग गरेका थिए।