नन्दराम जैशी, जुम्ला ।
जुम्ला पातारासी गाउँलीकाको कार्यालय अनिश्चित कालिन तालाबन्दी गरिएको छ । गाउँपालिका प्रमुख र उप प्रमुखले मनपरी ढंगले बजेट बाँडेको भन्दै बजेट पुनरावलोकनको माग गर्दै स्थानीयले आइतबार साँझ देखि गाउँपालिकाको कार्यालय अनिश्तिकालीन तालाबन्दी गरेका हुन् ।
बजेट पुनरावलोकनको विषयमा साता दिन देखि विरोध गर्दै आएका स्थानियहरुको आज सम्म गाउँपालिका प्रमुख लक्षिमन बोहोराले कुनै वास्ता नगरेको भन्दै कार्यालय तालाबन्दीमा उत्रिनु परेको स्थानीय अम्मर विष्टले बताउनुभयो । उहाले भन्नुभयो, जनसंख्या, भूगोल र पुर्वाधारको अबस्थाको आधारमा बजेट विनियोजन हुनु पर्ने हो । तर केहि अध्ययन अनुसन्धान नगरी मनोमानी ढंगबाट बजेट विनियोजन गरेकोले माग सम्बोधनका लागि अन्तिम विकल्प स्वरुप तालाबन्दी गरिएका छौ । जनताको सेवा र सुविधा दिलाउन चुनिएका जनप्रतिनिधिहरुको नियत राम्रो देखिएन, गाउँ विकास भन्दा पनि स्थानिय तह ठेकेदार मोट्याउने भाँडो बनेको बिष्टले तर्क गर्नुभयो ।
सिंह दरबारको अधिकार गाउँमा भन्नु कागजमा मात्र सिमित छ । बजेट पुनरावलोकन गरी समान रुपमा वितरण नभएसम्म तालाबन्दी जारी राख्नेछौ । यदि प्रशासनले बल प्रयोग गरेमा परिणाम नराम्रो हुने नागरिकको चेतावनी छ ।
बजेट पुनरावलोकनमा गाउँपालिका अध्यक्षले ध्यान नदिएपछि आइतबार साँझ स्थानीयले गाउँपालिकाभरी विरोध जुलुश निकालेर साँझ कार्यालयमा तालाबन्दी गरेका थिए । माग सम्बोधनका लागि एक हप्ता पहिले देखि गाउँपालिका धाउँदा अध्यक्ष र उपाध्यक्ष दुवैजना कार्यालयमा उपस्थित नभएको र भएपनि वास्ता नगरेको उनीहरुको गुनासो छ ।
अधिकांश समय अध्यक्ष उपाध्यक्ष सदरमुकमै बस्छन, कहिले काही कार्यालयमा देखिन्छन । अनि माग सम्बोधनका कुरा गर्दा नसुनैझै गर्छन अर्का स्थानीय रामराज भण्डारीको भनाइ छ । स्थानियले पाँचसय मेगावाटको चुकेनी लघुजलविद्युत निर्माणका लागि आवाश्यक बजेट बिनियोजन गर्न दबाब दिएका छन् । एक करोड ३२ लाख रुपैयाँ विद्युत निर्माणका लागि आवश्यक भएपनि ५० लाख मात्रै छुट्याइएको प्रति आपत्ती जनाएका हुन । समग्र वडाहरुमा जनसंख्या, भुगोल तथा आबश्यकताको आधारमा बजेट विनियोजित लाई पुनराअवलोकन नगरे आन्दोलन र तालाबन्दी कार्यक्रम जारी राख्ने स्थानियको भनाइ छ । भने गाउँपालिकाले यस विषयमा तत्तकाल सरोकारवाला बिच छलफल गरेर निष्कर्ष निकाल्ने बताएको छ ।











प्रतिक्रिया