जुम्लाको अर्गानिक स्याउ काठमाडौंमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

संधैका वर्षजस्तै योपटकपनि काठमाडौंमा जुम्लाको अर्गानिक स्याउ भित्रिएको छ । विगत ५ वर्षयता निरन्तर एप्पल गार्डेन जुम्लाले काठमाडौं उपभोक्ता माझ सर्वसुलभ मुल्यमा आर्गानिक स्याउ भित्रयाउँदै आएको छ ।

काठमाडौंमा पछिल्लो समय चाइनिज र भारतीय स्याउले बजार लिइरहेको समयमा थोरैमात्रामा उपलब्ध हुने गरेको नेपाली स्याउको बजारमा भित्रिएसँगै उपभोक्ताहरु नेपाली स्वादमा केहि समयका लागि भएपनि रमाउन पाउने भएका छन् । भारतीय स्याउहरु टिपेको लामो समयपछि काठमाडौं आइपुग्ने भएको भएपनि उपभोक्तासँग विकल्प नहुँदा मँहगो मुल्यमानै विदेशी स्याउ खरीद गरीरहेका छन् ।

यद्धपि स्याउका लागि निकै प्रशिद्ध मानिएको जुम्लामा उत्पादीत स्याउको मुल्य विदेशी स्याउको तुलनामा सर्वसुलभ रहेको छ । पछिल्लो समय जुम्लामा जिल्ला कृषी कार्यलयले अर्गानिक उत्पादनमा जोड दिएपछि र अर्गानिक स्याउ उत्पादनको जिल्लाका रुपमा विकास गरेपछि देशभर जुम्लाको स्याउको माग उच्च रहेको छ । यद्धपि बाटो र गाडिको कठिनाईका कारण स्याउमा धेरै नाफा नहुने भएपनि आफ्नो उत्पादन बजार सम्म पुर्याउनु र निरन्तरता दिनु ठुलो कुरा भएको कृषक दिनेश खड्का बताउँछन् ।

 

पछिल्लो समय जुम्लामानै प्रतिकेजि ६० देखि ७० रुपैंया सम्ममा स्याउ विक्रि हुँदै आएको छ । काठमाडौं सम्म आइपुग्दा ठुलो मात्रामा खर्च उठ्ने भएपनि आफुहरु नाफाका लागि भन्दापनि जुम्ली स्याउको बजार प्रवद्र्धनका लागि स्याउ ल्याउने गरेको खड्काको भनाई छ ।
यद्धपि वर्षा र बाटोका कारण स्याउ ल्याउन जोखिम भएपनि निरन्तर ल्याउँदै आएकाले जोखिम मोलेरनै योपटक पनि काठमाडौं सम्म स्याउ ल्याएको स्थानिय कृषक तथा व्यवसायी दिनेश खड्काले बताए । उनले भने ‘यो पटक बाटोको समस्या जटिल थियो । १ दिन बाटो अवरोध हुँदा पनि गाडीको तातोले स्याउ विग्रने जोखिम हुन्छ हामीले त्यो जोखिम मोलेर ल्याएका छौं ।’ उनले स्याउ ल्याउँदा सम्पुर्ण जोखिम आफ्नै भएकाले समस्या पर्ने गरेको बताए ।

यद्धपि उनले टिपेको २,३ दिनमानै स्याउ काठमाडौं भित्रिएकाले ताजा स्याउ आइपुग्दा आफु निकै खुसि भएको बताए । उनले स्याउसँगै जुम्ली सिंवि, ओखर पनि उपलब्ध गराएका छन् । उनले बानेश्वर स्थीत अल इन वान मार्टबाट स्याउ विक्रि गरीरहेको जनाएका छन् । उपभोक्ताले सहज मुल्यमानै स्याउ खरीद गर्दै राष्ट्रिय उत्पादन र कृषकको मेहेनतलाई सहयो गर्ने उनको विश्वास छ ।