स्थानीय तहका अधिकांश उम्मेदवारले अझै खर्च विवरण बुुझाएनन्

0
Shares

दयाराम पण्डित, बाजुरा ।

दोस्रो चरणको निर्वाचनमा बाजुराका नौ वटा स्थानीय तहका ४४५ उम्मेदवारले मात्र चुनाव खर्च विवरण बुुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचाना अधिकारी मान वहादुर थाका अनुसारः निर्वाचन खर्च विवरण बुुझाउनेमा त्रिबेणी नगरपालिकावाट ५३ जना , बडिमालिका नगरपालिका वाट ७८, बुढिगंगावाट ४९, बुढिनन्दावाट ४३ , गौमुल गाउँपालिकावाट ५३ पाण्डवगुफा वाट ३०, हिमालीवाट ३८ र स्वामीकार्तिक गाउँपलिकावाट चार जनाले मात्र खर्च विवरण बुुझाएका छन्। ३६० सिटका लागि ९ सय ९० जनाको उम्मेदवारी परेको थियो । जसमा पांचसय ४५ उममेदवारले अझै निर्वाचन खर्च विवरण बुुझाएका छैनन् ।

निर्वाचन सकिएको एक महिना भित्र निर्वाचन कार्यालयमा कार्यालयले तोकेको फारम भरी विल सहित पठाउनुपर्छ । विल त कसैले पेश गरेका छैनन् , फरम भरी पठाएका छन् सुचना अधिकारी थापाले भन्नुभयो । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रसले १८६सीट, एमालेले १५९ सीट नेकपा माओवादी केन्द्रले १३ सिट र स्वतन्त्रवाट २ जना निर्वाचित भएका थिए ।

कुन तहको कस्तो उम्मेदवारले कति खर्च गर्न मिल्ने भन्ने कानुनी ब्यबस्था छ । निर्वाचन सम्मपन्न भएको मितिले एक महिना भित्र खर्च विवरण भरी पठाई सक्नुपर्छ । नपठाए कारवाही हुने ब्यबस्था छ । विगतको अनुपातमा गत अषाढ १४ को स्थानीय तहको निर्वाचन भड्कीलो भएको गुनासा पनि सर्वत्र नआएका भने हैनन् ।