नेतै नेता भएको नगरपालिकको नगरकार्यविधी अझै पास भएन 



दयाराम पण्डित, बाजुरा ।  जिल्लामै सबै भन्दा वढि नेता भएको नगरपालिका  बुढिगंगा नगरपालिका हो । दोस्रोचरणको निर्वाचन अन्तरगत गत अषाढ १४ गतेको निर्वाचन बाट निवाचित भएका जनप्रतिनीधिले चार महिना   वित्नथाल्दा पनि बुढिगंगा नगरपालिकाको नगर   सञ्चालन कार्यविधि अझै बनाउन सकेका छैनन ।

स्थानीय तह सञ्चालन कार्यविधी आजसम्म  पास नहुदा  नगरपालिकाको काम कार्य ठप्प भएको छ । ‘स्थानीय तह सञ्चालका लागि आवस्यक पर्ने विनियोजन ऐन, आर्थिक ऐन, नगरबैठक सम्बन्धी कार्यविधी  कार्यसम्पादन नियमावली, कार्यबिभाजन नियमावली, नगरसभा सञ्चालन  कार्यविधी लगायतका सबै कार्यविधि हामीले बनाएका छौं । तर, नगर कार्यसमितिले   स्थानीय ऐन कानुन पास गरेको छैन’ बुढिगंगा नगरपालिकाका प्रमुख दिपकविक्रम शाहले बताउनुभएको छ ।

नेपालको संविधान २०७२ र संसदीय प्रणालीमा आधारित रहेर कार्यविधि  बनाइएएको छ । यहां अल्पमत  र बहुमतका कारण कार्यविधि पास भएको छैन ।  मेयर उपमेयर देखि वडा अध्यक्ष कस्ले के काम गर्ने  भन्ने  कुरा कार्यविधिले बताउने छ र  त्यसकैलागि कार्यविधि चाहिन्छ ।

तर,  नीतिनियम पारित गर्न नदिने अनि बाहिर सामाजिक सञ्जालमा अफावमात्र फैलाउनुले यसले स्वयं ब्यक्ती र दललाई के फईदा गर्छ ? मेयर शाहले प्रति प्रश्न गर्नुभएको छ ।  कस्ले के सिकायत गरेका छन् थाहभएन । कार्यविधी वनाएक छौं  तर पास भएको छैन । पुनः दोहो¥याएर मेयर शाहले भन्नुुभयोः यसले कस्लाई घाटा हुन्छ ? कार्यविधिमा   स्थानीय ऐन वनाउने  ऐन नियमावली कार्यसम्पदन गर्ने कार्य विभाजन  गर्ने अनि कस्ले केकाम गर्ने नै प्रष्ट पार्न दिएका छैनन् ।

बुढिगंगा नगरपालिकका मेयर उपमेयर सहित चार वडा  नेपाली कांग्रसका उम्मेदवारले जितेका थिए भने ६ वडा अध्यक्ष एमालले जितेको छ । नगरकार्य पालिकमा एमालेको बर्चश्व भएपछि उनिहरुले नगरकार्यविधी पास गर्न दिएका छैनन् ।  कानुनतः नगरकार्यपालिका र नगरसभाले पास गरेपछि नगर प्रमुखले प्रमाणित गर्ने कानुनी प्राब्धान छ ।
साविकका ब्रमतोला, कुल्ेदभमाण्डौं र बाह्रविस   तिन वटा गाविस मिलेर गत वर्ष मात्र बुढिगंगा  नगरपालिका घोषणा भएको थियो । जनप्रतिनीधि आपसमा नमिले  सफल नगरपालिका बनाउन निक्कै चुनौती छ । त्यसमा अल्पमत बहुमत गर्न थाले त्यसको सास्ती बुढिगंगा नगरवासीले भोगीरहेकाछन् स्थानीयको गुनासो छ ।

स्थानीय तह कार्यसञ्चालन कार्यविधि पास नहुंदा सम्म कुनै काम अगाडी वढाउन नमिल्ने स्थानीय विकास अधिकारी प्रकासराज पौडेलले वताउनुुभएको छ । बाजुराका ९ स्थानीय तह मध्ये आठ तहको सञ्चालन कार्यविधी पास भईसकेको छ भने बुढिगंगा नगरपालिकाको नगरसञ्चालन कार्यविधी  मात्र आल्पमत बहुमतका कारण  पास हुन बांकी रहेको वताईएको छ ।
उक्त नगरपालिकमा जिल्लाका शिर्षस्त नेता प्रतिनीधि सभासदस्य एवं नेकपा एमाले  बैकल्पिक पोलिटब्युरो सदस्य कर्णवहादुर थापा , नेपाली कांग्रेसका पूर्व सांषद देवराज जोशी, नेकपा माओवादीका पूर्व सभाषद डवल शाह ,  एमाले केन्द्रीय सदस्य द्वोय प्रकाश शाह र लाालवहादुर थापा,  नेपालीकांग्रेस पूर्व पार्टी सभापति मनवहादुर रावल , लगायत दर्जनौ नेता  बुढिगंगाका  नगारवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्