ताप्लेजुङ अस्पतालमा भाईरलका विरामि बढे

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।
मौसम परिवर्तन सँगै जिल्ला अस्पताल ताप्लेजुङमा बिरामीको चाप ह्वातै बढेको छ । रुखाखोकी, ज्वरो, टाइफाइड लगायत भाइरल रोगको विरामीको चाप वढेको अस्प्ताल प्रशासनले जनाएको छ ।

 

अहिले दैनिक १ सय ३० देखि १ सय ५० जनाको हाराहारीमा बिरामी आउने गरेको जिल्ला अस्पताल ताप्लेजुङका चिकित्सकहरुले बताएका छन् । खास गरि फरक खालको भाईरल तथा डाइरियाको बिरामी पछिल्लो समय ह्वात्तै बढेको डाक्टर रञ्जितराज पाठकले बताउनुभयो ।

अस्पतालमा भाइरलबाट प्रभावित बालबालिका र बृद्धबृद्धा बढी आउने गरेका छन् । सुरुमा सामान्य टाउको दुख्ने, रिंगटा लाग्ने, नाकबाट पानी आउने र अनियमित ज्वरो आउने तथा रुघाखोकी लाग्ने र कमजोर हुने जस्ता रोगको लक्ष्यण रहेको अस्पतालका प्रशासनले जानकारी दिएको छ ।

 

भाइरलको प्रकोप देखिएकोले अनिवार्य मास्कको प्रयोग गर्न तथा उमालेको पानी प्रशस्त मात्रा पिउन डाक्टरले सर्वसाधरणलाई सुझाव दिएका छन् ।