सिरहामा अझै उमेदवारको टुङ्गो लागेन, कार्यकर्ता निराश

0
Shares

फिरोज सिद्दिकी, सिरहा । तेस्रो चरण अन्तर्गत स्थानीय तहको निर्वाचन आउन अब २० दिन मात्र बाँकी रहँदापनि राजनीतिक दलहरुको स्पष्ट उम्मेदवार चयन हन नसक्दा कार्यकर्ता निराश भएकाछन् ।

सिरहामा चार प्रमुख राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरु आमसभा, कोणसभा, सञ्चार माध्यमबाट प्रचारप्रसार तथा घरदैलो जस्ता कार्यक्रम गरी मतदातालाई आफनो पक्षमा आकर्षित गर्न थालेपनि आजका दिनसम्म प्रमुख राजनीतिक दलहरुले उमेदवारको टुङ्गो लगाउन नसक्दा कार्यकर्तामा निराशा छाएको छ ।

नेपाली कांग्रेसको उम्मेदवार टुङगो लाग्न अझै दुई चार दिन लाग्ने नेपाली काँग्रेस जिल्ला सभापति राम चन्द्र यादवले बताउनु भएको छ । काँग्रेसमा उम्मेदवारको चयन नहुँदा कार्यकर्ता निरास हुनु स्वभाविक भएको भन्दै सभापति यादवले उम्मेदवारको लागि आन्तरिक प्रतिस्पर्धा तिव्र रहेकोले सवैको चित्त बुझाउन समय लागिरहेको प्रष्टयाउनु भएको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा आ–आफ्नो तवरबाट यसको प्रचार गर्ने र उम्मेदवारी दावी गर्नेहरुको संख्या पनि बढिरहेको छ । यसैबीच पछिल्लो समय स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकाको मेयरका उम्मेदवार चयनको विषय सार्वाधिक चासोको रुपमा हेरिएको छ ।
नेकपा एमालेले लहान नगरपालिकामा मेयरको रुपमा मुनी साहलाई उम्मेदवार चयन गरेपछि चर्चाको विषय बनेको छ । २०५४ सालको स्थानीय निर्वाचनमा लहान नगरपालिकाको मेयरमा निर्वाचित भएका सालले अहिले पनि मेयरमा आफ्नो उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रले प्रदेश नम्बर २ का स्थानीय तहका उम्मेदवार मंगलवार टुंगो लगाउने प्रदेश नम्बर दुईका संयोजक विश्वनाथ साहले जानकारी दिनुभयो । उहाँले प्रदेश नम्बर २ का ८ वटै जिल्लाका १ सय ३६ तहमध्ये करिब ७५ प्रतिशत उम्मेदवारको टुंगो लागिसकेको र वाँकी २५ प्रतिशत मंगलवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित जनकपुरमा बस्ने बैठकले बाँकी उम्मेदवारको टुंगो लागाउने साहले बताउनु भयो । सम्पूर्ण उम्मेदवार चयन भैसकेपछि घोषणा सभामार्फत सार्वजनिक गर्ने बताउनु भयो ।

नेकपा एमाले जिल्ला अध्यक्ष प्रमोद यादवका अनुसार सम्पूर्ण स्थानीय तहको उम्मेदवार सार्वजानिक गर्न केहि ठाँउमा मात्रै समस्या रहेको छ । त्यस ठाँउमा पनि यहि एक दुई दिनमै सार्वजानिक गर्ने भन्दै अधिकांश ठाँउमा उम्मेदवारहरु आफनो प्रचार प्रसारमा लागि सकेको बताउनुभयो ।

त्यसैगरी संघिय समाजवादी फोरम नेपालले स्थानीय तहका निर्वाचनको लागि उम्मेदवारको टुङगो लगाएको छ । लहान नगरपालिकामा मेयरको उम्मेदवार बैधनाथ प्रसाद साह, उपमेयरमा रीता यादव, सिरहा नगरपालिकामा मेयर अशेश्वर यादव, सुखीपुर नगरपालिकाको मेयरमा लक्षमण चौधरी, गोल वजार नगरपालिकाको मेयरमा कृष्ण कुमार सिंह, उपमेयरमा रेणुका यादव, सखुवा नन्कारकटी गााउ पालिकामा प्रमुख राम नारायण यादव, उप प्रमुख शोभा यादव, भगवानपुर गाँउपालिकामा प्रमुख वेचन प्रसाद यादव, उप प्रमुख सिता देवी यादव रहेका छन ।

यसैगरि अर्नमा गाँउपालिकामा प्रमुख अशोक कुमार यादवको नाम चयन भएको केन्द्रिय सदस्य सत्य नारायण यादवले जानकारी दिदै वाँकी रहेको नगरपालिका र गााउ पालिकामा पनि यहि एक दुई दिनमै नाम टुङो लाग्ने बताउनु भएको छ ।
उहाँका अनुसार सिरहाको १७ स्थानीय तहमा संघिय समाजवादी अरु दलभन्दा मजवुत रहेकोले चुनावी प्रचार प्रसार घरघरमा गर्न नेता कार्यकर्ता आफनो दलको घोषणा पत्र लिएर पाने तयारीमा रहेको छ ।
राष्ट्रिय जनता पार्टीले उम्मेदवारको टुङगो लगाउन सक्रिय भएका छन । त्यस पार्टीका जिल्ला संयोजक उपेन्द्र सिंहले चाँडै जिल्लाको १७ स्थानीय तहमा उम्मेदवार टुङगो लगाउने बताउनुभयो ।