रौतहटमा उत्साहजनक सहभागितामा निर्बाचन कार्यालय स्थापना

0
Shares

सञ्जय कार्की, रौतहट । उत्साहजनक सहभागितका बीत रौतहटमा सोमबार निर्बाचन अधिकृतको कार्यालय स्थापना भएको छ । असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्बाचनका लागि रौतहटमा निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थापना गरिएको कार्यालयको सम्बन्धित निर्बाचन अधिकृतले उदघाटन गरी बिधिबत रुपमा कार्यालय संचालन ल्याइएको छ ।

रौतहटमा १५ नगरपालिका र २ गाउपालिका गरी १७ स्थानीय तह रहेको छ । सबै तहमा निर्बाचन अधिकृतको कार्यालय स्थापना गर्ने क्रममा राजनैतिक पार्टीका नेता, कार्यकर्ता र मतदाताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यालय स्थापना पछि निर्बाचन अधिकृतले सहभागि लाई उम्मेदबारको योग्यता, अयोग्य हुने आधार, निर्बाचनमा खर्च गर्न पाउने क्षेत्राधिकार, सबारी साधनको प्रयोग लगायतका आचारसहितको बिषयमा प्रशिक्षण गराउनु भएको थियो ।

निर्बाचन अधिकृतको कार्यालय खुलेसंगै राजनैतिक पार्टीको गतिबिधि समेत मतदाताको घरमा बढन थालेको छ । ५ महिना ढिलो हुन लागेको प्रदेशनम्बरको २ को स्थानीय तहको निर्बाचनमा सबै तयारी पुरा गरिसकेको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । चन्द्रपुर नगरपालिकाका निर्बाचन अधिकृत कमल राज भण्डारीले असोज २ गते निर्बाचन भयरहित, शान्त र उल्लेख्य मतदाताले मतदान गर्ने बाताबरण बनाउने बताउनु भयो । राजनैतिक पार्टीले उम्मेदबारको अझै टुङ्गो लगाउन नसकेपनि रौतहटमा चुनाबी सरगर्मी बढेर गएको छ । मोटरसाईकल र चारपाङ्गे सबारी साधनमा मात्र हैन ब्यक्तिका घरमा समेत पार्टीको झण्डा फहराउन थालेको छ ।

बाढिपीडितले थलिएको तराईको रौतहटमा जनजीबन सामान्य बन्दै गएसंगै चुनार्बी माहौल तातेको छ । सबै पार्टीका नेता लाई उम्मेबादरको छनौट गर्न समेत कठिनाई भएको छ । २० बर्षपछिको स्थानीय तहको निर्बाचनमा आकाक्षी धेरै भएका कारण पार्टी नेतृत्व लाई उम्मेदबार छनौट गर्न रसाकसी भएको छ । उम्मेदबार छनौटमा देखिएका मतभिन्नताले रौतहटमा पार्टी ग्ुटगतमा जाने चिन्तामा पार्टी नेतृत्व रहेको छ जस्ले गर्दा चुनाबमा पराजय हुन सक्ने आकलन समेत रहेको छ ।