छिमेकी राष्ट्रले पछिल्लो राजनीतिक घटनाबारे जिज्ञासा राख्नुलाई अन्यथा भन्न मिल्दैन : प्रधानमन्त्री देउवा



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा आफूले भारतलाई दिएको वचनबारे संसदमा संम्बोधन गर्दै स्पष्टिकरण दिनुभएको छ । उनले संविधान संसोधन नेपालको आन्तरिक विषय भएपनि यसबारे सबैलाई अवगत गराउनु कुनै गलत नभएको बताउनुभएको छ ।

‘संविधान संशोधनका विषयमा हामीले गरेको प्रयासबारे संयुक्त पत्रकार सम्मेलनमा मैले बोलेको छु,’उहाँले भन्नुभयो, ‘यो विषयलाई राजनीतिक दलबाट व्यक्त विचार तथा सञ्चारमाध्यममा आएका टिका टिप्पणीरुबारे मेरो ध्यानाकर्षण गएको छ ।’

‘संविधानको सर्वस्वीकार्यता कायम गर्दै संविधान कार्यान्यन गर्नु हाम्रो राष्ट्रिय एजेन्डा हो । हाम्रो राष्ट्रिय प्राथमिकताका विषयबारे राष्टिय अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु अस्वभाविक नरहेको उहाँले बताउँनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको संक्रमणकालमा सघाउदै आएका छिमेकी मित्रराष्ट्रबाट नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जिज्ञासा राख्नु नाजायज होइन । हाम्रो संविधान कार्यान्वयनका विषयमा कुनै पनि छिमेकीको हस्तक्षेप स्वीकार्य हुने छैन ।’

संविधानको कार्यान्वयन नितान्त नेपाल र नेपालीको आन्तरिक विषय भएको भन्दै उहाँले यसमा कसैसँग सम्झौता नभएको र हुन पनि नसक्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्