स्याङ्जाको वालिङमा गाडीको ठक्करबाट एकको मृत्यु, चार घाइते

0
Shares

नेपाल समाचारपत्र , स्याङजा ।

स्याङ्जाको वालिङ– ९ भूम्रेमा सोमबार विहान गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

वडा प्रहरी कार्यालय वालिङकाअनुसार ग १ ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत घर भई हाल वालिङ– ९ भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापाको मृत्यु भएको हो।

ओरालो बाटोमा हाइसको ब्रेक फेल हुँदा वालिङ– ९ का ५५ वर्षीय बद्री श्रेष्ठ, १३ वर्षीया निर्जला श्रेष्ठ, २८ वर्षीय लोकप्रसाद कुमाल र १८ वर्षीय अर्जुन कुमाल घाइते भएका छन्।

घाइतेको अवस्था गम्भीर रहेको र उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको प्रहरीले जनाएको छ। रासस