बाढीमा मृत्यु भएका परिवारले पाए सरकारी राहत

0
Shares

लक्ष्मी कुमार साह, महोत्तरी ।
बाढीका बेला महोत्तरीमा मृत्यु भएका परिवारजनलाई सरकारले राहत दिएका छन् । तराई मधेशमा आएको बाढीका कारण मृत्यु भएकाहरुलाई सरकारले घोषणा गरेका दुई लाखप्रति व्यक्ति राहतमध्ये तत्काल २५ हजारका दरले दिएको छ भने बाँकी रकम सरकारले पठाउने बितिकै पीडितलाई वितरण गर्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले बताए ।

महोतरीका सिडिओ श्रेष्ठले बाढीबाट मृत्यु भएका जलेश्वर २ निवासी १५ वर्षीय युवक विक्की ठाकुरको बुवा रामकुमार ठाकुर र पिपरा गाउपालिका ६ रतौलीका ८ महिने वालक रितेश सदाका आमालाई उनकै घरमा पुगेर सरकारी राहत रकम दुई लाख मध्ये २५ हजार तत्काल बुझाएको छ भने मृतकहरुको घरमै पुगेर उनीहरुको पारिवारिक अवस्था समेत बुझी उनिहरुलाई यस्तो दुःखद घडीमा धैर्य धारण गर्न हौसला वढाएका छन् ।

महोत्तरी जिल्लामै वाढीकै कारण मृत्यु भएका ९ वटै परिवारजनलाई घरमै भेटेर तत्काल २५ हजारको दरले रकम दिने र थप रकम पछि सरकारले पठाउनेबित्तिकै पाउने जानकारी गराए । प्रजिअ श्रेष्ठले अहिले राहत कार्य जारी रहेको बताउदै यसमा नेपाल सरकार लगायत विभिन्न संघसंस्थाले राहत सामग्रीहरु द्रुतगतिमा वितरण भैरहेको बताए ।

महोत्तरीमा गत साउन २८ गते आएको वाढीका कारण जलेश्वर २ खैराचोक निवासी १५ वर्षिय विक्की कुमार ठाकुरको मृत्यु भएको थियो भने भंगहा ७ स्थित बाढीको पानीमा विधुतको नांगो तारका कारणले करेन्ट लागेर ४० वर्षीय महेश सिंहको मृत्यु भएको थियो । त्यस्तै भंगहा ३ मुसहर टोलका ३५ वर्षिया शैलु देवीलाई वाढीको पानीमा सर्पले टोक्दा उपचारको लागि अस्पताल लग्ने क्रममा वाटोमै मृत्यु भएको थियो भने गौशाला मलेनिया पोखरी घर भएकि कोरमबति सदा मुसहर सुर्ती विकासवाट आउदै गर्दा वाढीले वगाएर ज्यान गएको थियो । त्यस्तै पिपरा ६ रतौलीका ८ महिने दुधे वालक रितेश सदालाई समेत वाढीले वगाएर ज्यान गएको थियो ।

त्यस्तै वाढीले चारैतिरको वाटो अवरुद्ध पारेपछि उपचारको लागि अस्पताल पुग्न नपाउदै भंगहा १ कविलासाका २४ वर्षिया गर्भवति महिला कविता कुमारी साहको ज्यान गएको थियो भने धनुषा घर भई जलेश्वर ८ बजराही छोरीको घर आएका ६५ वर्षिय शिव महरा, लोहारपटटी १ मा वाढीमा वेपता भएका इन्दल महरा, गौशाला ८ वेलगाछीका असर्फी सदा समेतको मृत्यु भएको थियो ।