चीन र भारतबीच दोक्लम सीमामा रहेको तनाव अन्त्य भएको संकेत

0
Shares

एजेन्सी ।
दुई छिमेकी मुलुक चीन र भारतबीच दोक्लम सीमामा रहेको तनाव अन्त्यतिर उन्मुख भएको भारतले संकेत गरेको छ । भारतीय विदेश मन्त्रालयले प्रेस स्टेटमेन्ट जारी गर्दै केही साता यता भारत तर चिनियाँ बीच कुटनीतिक संवाद भएको र संवादमा आफ्ना धारणा र चासोका विषय सम्बोधन गर्न सकेको जनाएको छ।

उता चीनले पनि भारतीय सेना दोक्लमबाट घर फर्केको पुष्टि गरेको छ। चिनियाँ समाचार संस्था सिन्हवाले ट्विट गर्दै चीन सरकारले भारतीय सेना चिनियाँ भूमिबाट फर्केको जनाएको छ।

संवादकै आधारमा सीमामा सैनिकबीच जारी तनाव अन्त्य गर्ने सहमति भएको र दुवै सेना फर्किने प्रकृया सुरु भएको वक्तव्यमा जनाइएको छ। दुवै देशका सेना पछि हट्ने विदेश मन्त्रालयले जनाएको छ।

चीनले भुटानसँग जोडिएको सीमामा सडक बनाइरहँदा भारतीय सेनाले त्यसमा अवरोध गर्दै आएको थियो। भारतीय सेना र चिनियाँ सेनाबीच यसै विषयलाई लिएर दुई महिनादेखि ‘प्रोपागान्डा वार’ जारी थियो।