डोटीका सवारी साधनमा जनचेतना मुलक स्टिकर लगाईने

0
Shares

विमल विष्ट,डोटी ।
डोटी बाट सञ्चालन हुने सार्वजनिक बसहरुमा जनचेतना मुलक स्टिकर टास गरिने भएको छ ।

डोटी लगायतका पहाडी जिल्लाहरु बाट बर्षेनी ठुलो संख्यामा स्थानियबासीहरु कामका लागि भारत लगायतका अन्य मुलुक जाने भएकाले त्यहाँ अपनाउनु पर्ने कुरा समेटिएका स्टिकरहरु बसमा टास गरिने निड्स नेपालका बरिष्ठ कार्यक्रम प्रबन्धक तथा आप्रवासन टिम लिडर प्रकाशचन्द्र मडैले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘परदेशको यात्रा गर्नेहरुलाई सहयोग पुग्ने खालका स्टिकरहरु निर्माण गरि टास गरिने छ,जस्ले गर्दा यात्रा गर्दा होस वा अन्य काममा सहयोग पुगोस ।’ निड्स नेपाल द्धारा सञ्चालित शुरक्षित आप्रबासन प्रबद्धन तथा मानब बेचबिखन रोकथाम परियोजनाले उक्त स्टिकरहरु निर्माण गर्ने जिम्मा लिएको छ ।

सोमबार निड्स नेपालको कार्यालयमा बसेको शैलेस्वरी यातायात ब्यबसायी समिति,डोटी उधोग बाणिज्य संघ,स्थानिय प्रहरी,सञ्चारकर्मि लगायतको बैठकले यहाँका सार्वजनिक बसहरुमा मानब बेचबिखन रोकथाम लगायत अन्य समस्या पर्दा अपनाउनु पर्ने कुराहरु समेटिएका स्टिकरहरु टास गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै निड्स नेपालले लामो समय देखी पिपल्ला बस पार्कमा बैदेसिक रोजगारमा जानेहरुका लागि सहयोग पु¥याउने उदेश्यले सञ्चालन गरेको सूचना केन्द्र लाई ब्यबस्थित बनाउने तथा बिभिन्न सूचना,जनचेतना र ट्राफिक सन्देश मुलक भिडियोहरु दैनिक रुपमा प्रशासण गर्ने भएको छ ।