हत्यारा पत्ता लगाउन माग गदै ताप्लेजुङका महिला आन्दोलित

0
Shares

रविन भट्टराई,ताप्लेजुङ ।

ताप्लेजुङको निघुरादिनमा हत्या भएकी सृजना कुरुम्बाङ थलङको हत्याको विषयलाई प्रहरीले गम्भिरताका साथ नलिएको भन्दै ताप्लेजुङका महिला आन्दोलित भएका छन् ।

गत असार ३० गते विहान आफ्नै घर नजिकैको मकै बारीमा हत्या गरीएको अबस्थामा भेटिएकि सृजनाको हत्यारालाई दुई महिना बित्न लाग्दा समेत प्रहरीले पत्ता लगाउन नसकेको भन्दै अन्तरपाटि महिला सञ्जालको नेतृत्वमा महिलाहरु आन्दोलित बनेका हुन ।

सञ्जालले आईतबार सदरमुकाम स्थित बिरेन्द्र चोकमा कोण सभा गर्दै प्रहरीले हत्यारा चाँडो पक्ता नलगाए अनसन सहितका चरणबन्द्ध आन्दोलन गर्ने चेतावनि समेत दिएको छ ।

हत्यामा संलग्नको आसंकामा पक्राउ परेका कसैलाई छाडेको र कसैलाई छुट्ने तयारीमा राखिएको भन्दै सञ्जालले अनुसन्धानलाई फितलो बनाउने प्रयास भईरहेको आरोप समेत लगाएको छ ।

हत्या भएको लामो समय सम्म पनि प्रहरीले हत्याराको पत्ता लगाउन नसक्नुमा प्रहरीकै मिलेमतोमा हत्यारा लुकाउने प्रयास भएको भन्दै सञ्जालकि अध्यक्ष चित्रा कुमारी चंसु (मेन्याङ्बो) ले अनुसन्धान गहिरो रुपमा नगरे जिल्ला प्रहरी कार्यालयमा धर्ना समेत बस्ने चेतावनि दिनुभयो ।

मृतक सृजनालाई उनकै परिवारका सदस्यले नै हत्या गरेको सञ्जालको दावि रहेको छ । श्रीमान दिलिप थलङ बैदेशिक रोजगारीमा कतार गएका र मृतक सृजना छ वर्षीय छोरा विप्लव सँगै छुट्टै घरमा बस्दै आएकि थिईन ।

यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख (ईनिस्पेक्टर) होम प्रसाद दाहालले घटनामा संलग्नको आसंकामा पक्राउ परेका र अन्यमा पनि अनुसन्धान जारी रहेको बताउनुभयो ।

सृजनाको हत्यानै भएको निस्कर्षमा प्रहरी पुगि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ सहित क्षेत्रिय अनुसन्धान विउरोबाट पनि तीन वटा टोलिले विभिन्न समयमा आएर अनुसन्धान गरीरहेको उहाँको भनाई छ ।

यस अघि हत्या भएकि सृजनाको माति पक्षले समेत सदरमुकाममा पत्रकार संमेलन गरी घर हत्याको विषयमा अनसन्धान फितलो भएको भन्दै गुनासो पोखेका थिए ।