बाल मजदुरको रुपमा रहेका ५ बालबालिकाको उद्धार

0
Shares

चिरञ्जीवी मास्के,दोलखा ।
जिल्ला बाल कल्याण समितिको पहलमा जिल्ला प्रहरी कार्यालय दोलखाले बाल मजदुरको रुपमा दोलखा सदरमुकाम चरिकोटको एक होटलमा काम गर्दै आएका पाँच जना बालबालिकालाई उद्धार गरेको छ ।

सिविन नेपाल र अन्य सरोकारवालाहरुको सहयोगमा दोलखा सदरमुकाम चरीकोट स्थित रेशिका होटलमा काम गदै आएका तीन जना बालक र दुई जना बालिकाको उद्धार गरिएको जिल्ला बाल कल्याण समिति दोलखाका सुचना व्यवस्थापक शान्ती खड्काले जानकारी दिनुभयो ।

जिल्ला बाल कल्याण समितिले जिल्लामा १८ वर्ष मुनीका बालबालीकलाई श्र्रममा प्रयोग नगर्न पटक पटक पत्रचार गरेको उल्लेख गर्नुहुदै जर्वजस्ति बालबालिकालाई श्रममा प्रयोग गर्नेलाई कानुनी प्रक्रिया अनुसार कारबाही गर्ने तयारी भएको खड्काले बताउनु भयो ।

समितिले भदौ २९ गते बाल दिवसको दिनसम्म जिल्लाको भीमेश्वर नगरपालीकालाई बाल श्रम मुक्त नगर बनाउने अभियान सुरु गरेको जनाएको छ ।

जिल्ला बाल कल्याण समिति दोलखाका सुचना व्यवस्थापक खड्काका अनुसार उद्धार गरीएको बालबालिकालाई अभिभावको जिम्मा लगाईने छ ।

अभिभावकलाई बुझाउन नसकिने अवस्थाको बालबालिकालाई भने जिल्ला बाल कल्यण समिति दोलखाले पढ्ने व्यवस्था गरीदिने छ ।