संयोग र अञ्जु पहिलो


 

काठमाडौं, (नेस)
छैटौँ अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताअन्तर्गत छात्र एकलतर्फ आदर्श विद्या मन्दिरका संयोग कपाली र छात्रातर्फ प्रभात स्कूलकी अञ्जु सुवालले उपाधि जितेका छन्।

शारीरिक शिक्षा तथा खेलकुद विभाग समाज (सेफोज नेपाल) द्वारा आयोजित फाइनल खेलमा संयोगले प्रोक्सिमाका रेखन तामाङलाई ११–७, ११–८, १०–१२, ६–११, १३–११ ले हराए। संयोग नेपालका जुनियर च्याम्प्यिन हुन्।

त्यस्तै छात्रा एकल फाइनलमा अञ्जुले स्वर्णिम स्कुलकी स्मृति पन्तलाई ११–५, ११–६ र ११–८ ले हराएर उपाधी जितिन्। यी दुवै इभेन्टमा विजेता र उपविजेतालाई जनही क्रमशः

१० र ५ हजार रुपियाँ प्रदान गरिएको थियो।
छात्र यु–१२ मा आदर्श विद्या मन्दिरका विशाल गोले पीएसबीएसका सिद्धार्थ तामाङलाई १३–११, ११–८ र १३–११ ले हराएर पहिलो भए। छात्रातर्फ विजेश्वरी स्कुलकी सुस्मिता खड्का सीजीएमकी त्रिसा महर्जनलाई ११–४, १२–१० र ११–४ ले हराएर विजेता
बनिन्। विजेता र उपविजेताले क्रमशः ५ र २ हजार नगद प्राप्त गरे।