गलत काम गर्नेलाई ठाउँको ठाउँ तह लगाईन्छ: डिआईजी

0
Shares

विमल विष्ट, डोटी ।
सुदूरपश्चिम क्षेत्रिय प्रहरी प्रमुख डिआईजीपी रोमोन्द्र देउजाले गलत काम गर्नेलाई तत्कालै कार्वाहि गरेरै छोडने बताएका छन् ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलको ७४ औ समुह प्रहरी जवान आधारभुत तालीमको शुक्रबार भएको दिक्षान्त समारोह (पास आउट) कार्यक्रममा बोल्दै डिआईजी देउजाले सो कुरा बताएका हुन् । सो समारोहका प्रमुख अतिथी समेत रहेका देउजाले जनताको शान्ति शुरक्षा तथा अमनचयन कायम गर्न नेपाल प्रहरीले सधै अग्रसर हुन पर्ने र प्रहरी भइसकेपछि आग्रह पुर्बाग्रहको भावना कसैमा पनि राख्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘म परिणाममा बिस्वास गर्छु र म मेरा सहकर्मिहरु संग पनि त्यहि अपेक्षा राख्दछु । अपराधी तथा अपराध गर्न उस्काउनेहरुको कुनै स्थान छैन् र हुनु पनि हुदैन ।’ सोही क्रममा बोल्दै प्रहरी प्रमुख देउजाले थप भन्नु भयो ‘ गतल कार्य गर्ने तथा गराउने जो सुकैलाई पनि कुनै हालतमा छोडिने छैन् ।’

सोही कार्यक्रममा बोल्दै सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिमकेन्द्रका समादेशक तथा प्रहरी बरिष्ठ अधिकृत मोहन जोशीले हालको देशको बर्तमान परिस्थिती अनुसार प्रहरीले चल्नु पर्ने भएकाले प्रहरी सेवामा निकै चुनौती भएपनि त्यस्को सामना गर्दै सधै आफनो र्कतब्य पालना गर्नु तथा जनताको सुरक्षा गर्नु प्रहरीको पहिलो धर्म भएको बताउनु भयो ।

गएको भदौ महिनामा भर्ना भएका ७६ औ समुहका रिक्रुट प्रहरी हरुको शुक्रबार दिक्षान्त भएको सुदूरपश्चिम प्रहरी तालीमकेन्द्रले जनाएको छ । कुल भर्ना भएका ४ सय ८१ जनामा ५ जना तालीम छोडी भागी गएको र हाल ७ सय ९६ रिक्रुट प्रहरी हरुको दिक्षान्त भएको सो तालीम केन्द्रले जनाएको छ ।

सो समारोहमा तालिमकेन्द्रका प्रहरी निरिक्षक हिरेन्द्रबहादुर रोकायाले तालीम सम्बन्धि प्रतिबेदन पेश गरेका थिए भने कार्यक्रममा पुनराबेदन अदालत राजपुरका मुख्य न्याधिस,सुुदूरपश्चिम पृतनाका प्रमुख सेनानी,क्षेत्रीय प्रशासान कार्यालयका प्रतिनिधि,प्रमुख जिल्ला अधिकारी,नेपाली सेनाका प्रमुख सेनानी, जिल्ला प्रहरी प्रमुख लगायत सञ्चारकर्मि तथा अन्य स्थानियबासी तथा अभिभाबकहरुकोे उपस्थिती रहेको थियो । कार्यक्रममा उत्कृत रिक्रुट प्रहरी जवानलाई प्रस्कार बितरण गरिएको थियो ।