युनाइटेडमै फर्किए जाल्टन

0
Shares

लन्डन, (एजेन्सी)
म्यानचेस्टर युनाइटेडले जाल्टन इब्राहिमोभिचलाई एक वर्षका लागि फेरि आबद्ध गरेको छ। ३५ वर्षीय स्विडेनका खेलाडीले गत सिजनमा युनाइटेडका लागि ४६ खेलबाट २८ गोल गरेका थिए। क्लबले इब्राहिमोभिचलाई घुँडाको चोटको कारण जुनमा छाडेको थियो।

तर, डिसेम्बरसम्म उनले स्वस्थ हुने आशा गरेका थिए। इब्राहिमोभिच जुलाई २०१६ मा युनाइटेडमा निःशुल्क आबद्ध भएका थिए।

क्लबका मेनेजर जोसे माउरिन्होले बताए– ‘गत सिजनमा उनले गरेको योगदानले उनीमाथि विश्वास गर्न सकिन्छ। उनको फर्काइ हामीले पर्खिरहेका छांै।’