ट्रम्पको ब्यवहार झम्टिने खालको भएको क्लिन्टनको आरोप


वासिङ्टन, (एजेन्सी)
हिलारी क्लिन्टनले आफ्नो नयाँ किताबमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘झम्टिने’ खालको ब्यवहार देखाएको बताएकी छिन्। उनले राष्ट्रपति चुनावमा प्रचारका क्रममा भएको एक बहसमा ट्रम्पको व्यवहारले ‘जिउ नै सिरिंग’ भएको बताएकी छिन्।

सन् २०१६ को अमेरिकी आम चुनावमा हिलारी क्लिन्टन डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार थिइन् र ट्रम्प रिपब्लिकन पार्टीको तर्पmबाट चुनावी मैदानमा थिए।
ट्रम्पले उनलाई ‘हदैसम्म असहज’ महशुस गराएको र उनी आफ्नो पछाडि बस्दा आफ्नो घाँटीमा उनको स्वास महशुस गरेको हिलारीले बताइन्।

सन् २०१६ मा चुनावी अभियानका क्रममा दुबै उम्मेदवारले एक अर्कालाई अपमानजनक टिक्काटिप्पणी गरेका थिए। ट्रम्पले त अहिले पनि हिलारी क्लिन्टनलाई ‘धुर्त हिलारी’भन्ने गरेका छन्।
बुधबार एक टेलिभिजन च्यानलमा आफ्नो किताबको ‘ह्वाट हेपेन्ड’ शीर्षकको अंश पढ्ने क्रममा क्लिन्टनले भने– ‘गत अक्टोबरमा जब म दोस्रो बहसमा म र ऊ दुबै मन्चमा पुग्यौं , उनलाई के प्रतिक्रिया दिने हो भन्ने थाहा भएन।

क्लिन्टनले भने– ‘के तपार्इं मुस्कुराएर शान्त बसिरहने छौ, जस्तो उसले तपाईंको निजी मामिलामा कुनै हस्तक्षेप गरिहेको छैन। या तपार्इं फर्केर उनीसँग आँखा जुधाएर हेर्नुहुनेछ र जोडले प्रस्टसँग, हद आडम्बरी, मेरो नजिक नपर। मलाई थाहा छ, महिलालाई धम्क्याउन तपाईंलाई मनपर्छ, तर तपार्इं मलाई तर्साउन सक्नुहुन्न। त्यसैले टाढा बस।’

यो बहस सन् २००५ को ट्रम्पले महिलाका बारेमा असोभनीय ब्यवहारमा पुरुषार्थ देखाइरहेको भिडियो रिकर्डिङ सार्वजनिक भएपछिको थियो। यसमा धेरै विवाद भएपछि उनले माफी मागेका थिए।

क्लिन्टनले उक्त घटनाले उनलाई झन असहज बनाएको बताइन्। उनले लेखेकी छिन– ‘मैले सोचेँ, यो ठीक होइन। यो दोस्रो राष्ट्रपतिय वादविवाद थियो र ट्रम्प मेरापछाडि नजिकै भएर गइरहेका थिए। हामी एउटा सानो मन्चमा सँगै थियौं। उनी त्यहाँ नजिक नै परिरहे, मलाई घुरिरहे र थरीथरीको अनुहार बनाइरहे।’

यी सबै व्यवहारका बीच उनी माइक्रोफोनलाई पटकपटक बेस्सरी समाउने गरेको क्लिन्टनले लेखेकी छिन्। उनीहरूले ट्रम्पलाई टाढा बस्नका लागि नभनेकोमा आफूलाई आश्चर्य लागेको उनले बताइन्।