रेडियोद्वारा ५ चेली सम्मानित

0
Shares

हेटौंडा, (नेस)
मकवानपुरमा विभिन्न क्षेत्रमा लामो समयदेखि क्रियाशील ५ चेलीलाई हरितालिका तीजको अवसरमा रेडियो सरोवरले सम्मान गरेको छ।

रेडियो सरोवर तीज विशेष कार्यक्रम ‘सरोवर चेली सम्मान २०७४’ बाट राजनीतिमा सक्रिय एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, शिक्षा क्षेत्रमा सक्रिय शकुन्तला जोशी, खेल क्षेत्रमा चूडा खड्का, महिला अधिकारका क्षेत्रमा सक्रिय अस्मिता तामाङ र पत्रकारिता क्षेत्रमा सक्रिय नानीमैया विष्टलाई सम्मानपत्र र नगद ५ हजारसहित सम्मान गरिएको हो। स्टेसन म्यानेजर राजु लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले सम्मानित गरेका थिए।

मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनाललाई स्वागत तथा रेडियोका उत्कृष्ट कर्मचारी रञ्जिता तिमल्सिनालाई कार्यक्रममा पुरस्कृत गरिएको थियो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख मीना लामा, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपाने र अधिकारकर्मी आरती पाठकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने १ सय बढी महिलालाई उपहार प्रदान गरिएको थियो।