जागिर खोज्न धाउन नपर्ने, एप्लाई जबमा नयाँ सुविधा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । विचौलियाले जागिर लगाईदिने अबस्थाको अन्त्य गर्न बजारका एप्लाई जब अनलाईन जब पोर्टल कम्पनी बजारमा आएको छ । युवा उधमी शुशिल शर्माले एप्लाई जब अनलाईन जब पोर्टल कम्पनी संचालन गर्नु भएको छ । करिब २ बर्ष लामो बजार अध्ययन गरिसकेपछि ६ महिना अघि बाट उक्त जब पोर्टल संचालनमा आएको छ ।
एप्लाई जब राष्ट्रिय तथा अन्तराष्ट्रिय रोजगारहरुलाई एकै ठाउँमा समाबेश भएको अनलाईन जब पोर्टल बेबसाईट हो । कम्पनिले रोजगारदाता र कामदारहरु बिच पुलको काम गर्ने संचालक बताउछन । रोजगार खोजिरहेका युवाहरुलाई रोजगारीका अवसरसम्म पु¥याउन यसले सेतुको काम गर्ने उनले दावि गरेका छन । रोजगार को प्रकार, ठाउँ र तलब को बारेमा बुझेर उनिहरुको आबेदन रोजगारदाताहरु सम्म पुय्याउने माध्यमको काम गर्ने उनको भनाई छ ।

एप्पलाई जब मा गएर साईन अप गर्न नपर्ने सजिलो ब्यबस्था भएको कम्पनिले बताएको छ । यस अनलाइृन जब पोर्टलको उदेश्य भनेको रोजगारदाताले आफ्नो आबश्यकता अनुसार चाहे जस्तो कर्मचारी पाउन र रोजगार खोजिरहेका कर्मचारीहरु आफनो समय सेवा र सुविधा अनुरुपको जागिर पाउन समन्वयको काम गर्ने बताइएको छ । यस एपलाई जब कम्पनिले युवाहरुलाई रोजगार दिलाईदिए बापत कुनै शुल्क लिदैन ।
https://youtu.be/ImX7bdNQLVU