तीज गीत अवार्डबाट सम्मानीत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल मध्यपश्चिमको सल्यान जिल्लामा जन्मीएर काठमाण्डौलाई कर्म थलो बनाई निरन्तर लोक संगितको क्षेत्रमा लामो संघर्ष गर्दै गायन कला मै आफुलाई समर्पित गर्नु भएका चर्चित गायिकाद्धय चन्द्रा चलाउने र लिला कँुवरले पछिल्लो समय संयुक्त रुपमा हिट गितहरु बजारमा पठाएर आफ्नो स्टारडमलाई उचाईमा पु¥याएका छन् ।

जस्तो सुकै प्याटल र लयमा भएको गितहरुलाई आफ्नो समधुर स्वरमा मजै संग ढाल्न सक्ने क्षमता भएका दोय गायिका छाया‘छबि तीज गीत म्युिजक अवार्ड अन्तरगत सर्बोउत्कृट सन्देशमुलक तीज गीत अवार्ड हासिल गर्न सफल भएका छन् ।त्यसै गरि विभिन्न तीन बिधा जस्तै सर्बोउत्कृट युगल तीज गायन,सर्बोउत्कृट शब्द र सर्बोउत्कृट सन्देशमुलक तीज गीतको मनोनएनमा पर्न सफल भएको थियो ।उनिहरुले तिज गित ञसौता झनामक गित बाट अवार्ड पाएका हुन् ।

लोक संगितको क्षेत्रलाई उचाईमा पु¥याउन महत्वपूर्ण खेल्न सक्छन भन्ने उनिहरुको गायन क्षमताबाट सजिलै संग अनुमान गर्न सकिन्छ । यस अघि पनि धेरै गितहरु दर्शक श्रोता माझ पस्केका छन् ।

प्राय समाजमा भएका समसमायिक परिस्थितिहरुलाई सजिलै जनमासका गित को माध्यम बाट सन्देश पुग्ने भएका ले हामिहरु ले सन्देशमुलक गितहरु गाउने गर्छाै गायिका लिला कँवर दावि गर्छिन् ।

आज भोली बढी जसो स्टेजमा व्यस्त हुने दोय् गायिका स्टेज तताउन र दर्शकलाई नचाउन निकै अब्बल छन । जस्तो सुकै परिस्थिती र सबै संग मिल्न सक्ने मिजासिलो स्वभाव भएकाले आफुले अझै पनि दर्शकको रोजाई अनुुसार गितहरु बजारमा ल्याउन बताउछन ।