दुई तिहाई पुर्याएर संविधान संशोधन गर्छौँ : प्रधानमन्त्री देउवा , अरुण तेस्रो शिलन्यासमा निमन्त्रणा दिएकोमा धन्यवाद : मोदी


नेपाल समाचारपत्र,काठमाडौ ।
हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्ध इतिहास देखिको भन्दै एक देशले अर्को देशलाई सहयोग गर्नु कर्तव्य भएको बताएका छन् ।

सम्झौतापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको विकासमा भारतले साझेदारी गर्न पाउनु सोभाग्य रहेको बताएका हुन् ।

उनले प्रधानन्त्री देउवाले लोकतन्त्रान्त्रिक व्यवस्था मजबुत गर्न गरेको योगदानको प्रशंशा गर्दै कुशल नेतृत्व गरेर संविधानको सफल कार्यान्वयनमा जोड दिएको पनि बताएका छन् ।

त्यस्तै आफु र देउवाबीच भएको भेटवार्ता अत्यन्त उपलव्धिमुलक रहेको भन्दै खुशी व्यक्त गरे ।

उनले हुलाकी बोर्ड, ट्रान्समिसन लाइन कटैया–कुशहवा र रक्सौल–परवनीपर ट्रान्समिसन लाइन उद्घाटन हुने र ३०० मेगावाट विजुली नेपालले पाउने बताए ।

साथै अन्य सहमतिमा भूकम्प उर्जा र लगायतका रहेको बताए । उनले जलविद्युत आयोजना समयमै सम्पन्न गर्ने विषयमा अरुण थ्रीको निर्माणमा जगा अधिग्रहण मामिला सुल्झिएको भन्दै देउवालाई धन्यवाद दिए ।

उनले देउवाले आफूलाई अरुण तेस्रोको उद्घाटना गर्न नेपाल भ्रमणको निम्तो दिएकोमा धन्यवाद दिए । उनले पन्चेश्वर आयोजनाको पनि चर्चा गरे ।

नेपालमा आएको बाढीको चर्चा गर्दै सीमावर्ती बाँधको नियन्त्रणमा सहमतिबाटै दीर्घकालिन समस्याको समाधान गर्न पहल गर्ने बताए ।

उनले नेपालको विकासका लागि नेपालको प्राथमिकतालाई ध्यानमा राख्दै भारत साझेदारी गर्न तयार रहेको पनि बताए ।

भूकम्पपछिको १ विलियन डलर सहायता अघि बढाउन पनि भारत तयार रेहको पनि मोदीले बताए ।

उनले सीमा सुरक्षा दुवै देशको समान चाँसो भएको बताउँदै कुनै सीमा दुरुपयोग हुन नदिन सहकार्य अझ मजबुत गरिने बताए ।

संविधान संशोधन गर्ने बचन

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई संविधान संशोधन गर्ने बचन दिएका छन् ।

दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको भन्दै उनले भने, ‘मलाई विश्वास छ, भविश्यमा बहुमत आउँछ र संविधान संशोधन गर्छौं ।’

उनले संविधान संशोधन नभए पनि राजपासहितका दल चुनावमा जाने बताए ।