नेपाल पत्रकार महासंघको २५ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन, अध्यक्षमा तीन जनाको घम्सा घम्सी, आजै मनोनयन


सन्तोष खनाल, काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन भएको छ । आजबाट शुरु भएको महाधिबेशनले नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि नै निर्वाचन प्रक्रिया सुरु भएको हो। कमलादीस्थित नेपाल प्रज्ञा भवनमा महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन ।

नयाँ नेतृत्वका लागि प्रेस युनियन र प्रेस सेन्टरले अध्यक्षमा गोविन्द आचार्य तथा प्रेस चौतारीले तीर्थ कोइरालालाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

अध्यक्षमा महासंघका वर्तमान महासचिव उजिर मगरले पनि उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार शनिवार विहान १० बजेदेखि निर्वाचन कार्यतालिका सुरु भएको छ। उम्मेदवारी मनोनयन प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित महाधिवेशन स्थलमा आज दिउसो १२ देखि ३ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ। हिंजै विहान १० बजे मतदाता नामावली प्रकाशन, १० देखि १२ बजेसम्म मतदाता नामावलीमाथि विरोध, दिउसो ३ देखि ४ बजेसम्म मतादाताको नामावलीमाथि दाबी विरोध राखिएको थियो। समितिले उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशन गरीसकेको छ।

नेतृत्वका लागि भोलि सोमबार बिहान ९ बजेदेखि साँझ ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतगणना भने महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा हुने बताइएको छ। महाधिवेशनले महासंघको ४५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ। महाधिवेशनमा एक हजार ५१५ केन्द्रीय सभासद मतदान प्रक्रियामा सहभागी हुनेछन्।

४७ सदस्यीय केन्द्रीय समितिका तीनजना मनोनित गर्ने विधानको व्यवस्था छ।

हेर्नुहोस मतदाताको अन्तिम नामावली
FNJ Final Parsad List