अधिकाँस कच्चि सडकमा पहिरो, स्तरउन्नतीका काममा अवरोध

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।

वर्षाका कारण ताप्लेजुङका अधिकाँस कच्चि सडकका विभिन्न स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ । बाटोको स्तर उन्नतीको लागि काम भइरहे पनि बाढी पहिरोले गर्दा काम गर्न नसकिएको निर्माणकर्ताहरुले बताएका छन् ।

फुङ्लिङ सदरमुकामबाट पूर्वी क्षेत्र जोड्ने खाम्दिने, तेल्लोक, याङपाङ, याम्फुदिन, हेल्लोक सडकको निर्माण कार्य भईरहेको भएपनि गत साउन २२ गते देखि अविरल रुपमा परेको पानीका कारण एक दर्जन ठाउँमा पहिरो गएका कारण निर्माण कार्य बन्द भएको हो ।

याक्थुम्हाङ÷हिमडुङ एण्ड थोकर सेवालुङ जे.भी. निर्माण कम्पनीका प्रबन्ध निर्देशक जसबहादुर चेम्जोङले बर्षाका कारण पाँचथरको दाहाल गाउँ भन्ने ठाउँमा पहिरो गएकोले सडक निर्माणको काम ठप्प भएको बताए ।

उता, ताप्लेजुङ खण्डमा बनाइएका रिटेनिङ वला, ग्याविन वाल, लगायत बगाउँदा ठुलो क्षति भएको समेत चेम्जङले जानकारी दिए । सो बाटो बन्द हुदाँ जिल्लाको पूर्वी क्षेत्रमा रहेका दुईवाटा गाउँपालिका सिरिजंघा, सिदिङ्वामा आवत जावत टुटेकोले समस्या आएको स्थानीयबासि बताउँछन् ।

ती दुई गाउँपालिकाका साबिकका १ दर्जन गाविसहरुको सडक सम्पर्क विहिन भएको छ । सिरिजंघा गाउँपालिकाको केन्द्र तेल्लोकमा आवत जावत नभएपछि सरकारी कामकाजमा सकेत समस्या भएको सरकारी अधिकारीहरुले बताएका छन् । सिदिङवा गाविसको केन्द्र साब्लाखुमा समेत यातायात टुटेको छ ।