एम्मा सर्वाधिक कमाउने नायिका

0
Shares

हउिड नायिका एम्मा स्टोन वर्षकै सबैभन्दा बढी कमाइ गर्ने अभिनेत्री ठहरिएकी छिन्। अमेरीकी म्यागेजिन फोर्बसले जारी गरेका वर्षको सबैभन्दा बढी कमाइ गर्ने उत्कृष्ट १० अभिनेत्रीको सूचीमा ओस्कारमा धुम मचाउने फिल्म ला ला ल्यान्डकी अभिनेत्री एम्मा शीर्षस्थानमा परेकी हुन्।

फोर्बसले जारी गरेको सन् २०१६ जुनदेखि २०१७ जुनसम्मको सबैभन्दा बढी कमाउने अभिनेत्रीको सूचीमा उनी शीर्षस्थानमा परेकी हुन्। एम्मा स्टोनले १२ महिनामा २६ मिलियन अमेरिकी डलर कमाएर संसारकै सबैभन्दा बढी कमाउने अभिनेत्रीमा आफ्नो नाम सुरक्षित गरेकी हुन्। दोस्रो स्थानमा जेनिफर एनिस्टन परेकी छिन् भने सन २०१६ मा सबैभन्दा बढी कमाइ गर्ने अभिनेत्री जेनिफर लरेन्स यसपटक तेस्रो स्थानमा परेकी छिन्। उनी लगाातार २ वर्ष फोर्बसको यो सूचीमा रहेकी थिइन्।

एमा स्टोनको कमाइमा पछिल्लो वर्षको भन्दा १ शय ६० प्रतिशतले वृद्धि भएको छ। २८ वर्षीया उनले हालै हलिउडमा अभिनेता र अभिनेत्रीबीचको कमाइको ठूलो अन्तर छ भन्ने मुद्दा उठाएकी थिइन्।