लाखौको भ्रष्टाचार, उजुरी सार्वजनिक सुनुवाईमा


नेपाल समाचारपत्र, मुगु ।
६ बर्ष अघि निर्माण गरिएको सिप झोलुगें पुलको निमार्ण समितिले ६ लाख बराबर ज्याला नपाएको खुलासा भएको छ । ज्यामी खडक रावलले लगाएतको टिमले ज्याला नपाएको गुनासो गरेका हुन । सोरु गाँउ पालिका ८ को तिता पानी देखि माथि खर्क सम्म निमार्ण भएको तिन किलो मिटर गोरेटो बाटोका लागी कर्णाली रोजगार कार्यक्रमको १४ लाख ६५ हजार को रकममा ३ लाख ठाडै बैंक बाटै प्राबिधिक लाई दिनु पर्ने भन्दै कुरा उठेको छ ।

सोरु गाँउ पालिका वडा नम्बर ८ को सार्वजनिक सुनुवाई कार्यक्रममा भ्रष्टाचारको कुरा उठेके छ । सोही कार्यक्रममा उनिहरुले कुरा उठाएका हुन ।

सोरु गाउँपालिकाको वडा नं. ८,९ र १० मा छुट्टा छुट्टै रुपमा संचालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा बिद्यालयमा छात्रबृद्धिको पैसा नपाएको, स्वास्थ्य चौकि जस्ता अत्याबश्यक सेवा गाउँमा रहेपनि पनि सेवामा निरन्तरता आउन नसकेको लगायतका गुनासा गाउँका सर्वसाधारणले बताएका हुन ।

धैनाकोटमा ४ बर्ष अगाढीदेखी निमार्ण गरिन लागीएको प्रसुति सेवा केन्द्रको भवन निमार्ण हुन नस्कदा गर्भवति महिलाले हालसम्म गाई गोठमै प्रसुति गराउनु परेको गुनासो पनि सार्वजनिक सुनुवाईमा कुरा उठेको छ ।

प्रसुति सेवा केन्द्रको भवन हाल सम्म पनि निमार्ण नुहदा प्रसुति गराए बापत प्रति गर्भवती महिलाले पाउने रु १५ सय रुपैया समेत नपाएको समेत गुनासो गरीएको थियो ।