शिक्षक नियुत्तिमा यस्तोे दादागिरी !


भद्रपुर (ने.स) । शिक्षक नियुत्तिको विषयलाई लिएर झापाको एक सामुदायीक विद्यालयमा विवाद बढेर गएको पाइएको छ । झापा शिवसत्ताक्षी नगरपालिका १ मा रहेको लक्ष्मीनारायण उच्च माध्यामिक विद्यालयमा लेखा विषयको शिक्षक नियुत्तिमा कार्यरत शिक्षकलाई नै नियुत्ति गरिनु पर्ने भन्दै स्थानीयले दभाब दिएपछि विवाद बढेर गएको हो ।

लेखा विषय पढाउदै आएकी पुजा पोखरेलले आयोग पास गरेर ७३ माघ १० मा राजिनामा दिएपछि रिक्त रहेको पदमा स्थानीय डम्बर शेर्मा र सुस्मा भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागी दैनिक ज्यालादारीमा लेखा विषय पढाउदै आइरहेका थिए । उनिहरुलाई विद्यालयले निजी स्रोतवाट भुत्तानी गर्ने जनाएको थियो ।

पदपुर्तिका लागी वसेको विद्यालय व्यवस्थापन समितिको वैठकले ७४ साउन ३ गते जिल्ला शिक्षा कार्यालय झापावाट लेखा विषय पदको अनुमती लिई परिक्षा समितिले ५ गते आवेदन खुलाएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र दाहालले बताए । आवेदनको अन्तिम दिन २२ गते १० जनाको निवेदन परेको दाहालले जनाए ।

सोहि दिन स्थानीयको ठुलो जमातले कार्यरत डम्बर शेर्मालाईनै लिखित परिक्षा विना ठाडो नियुक्ति गरिनु पर्ने भन्दै आएपछि समस्या बढेर गएको दाहालको भनाई छ । हाल आएर पुनः निवेदक मध्ये डम्बर र सुस्मालाई प्रतिस्पर्धा गराई अन्यको निवेदन फिर्ता गराउनु पर्ने जस्ता विषय आएकोले झनै समस्या थपिएको उनको भनाई छ । शिक्षाको निर्देशिका विपरित काम गर्न नसकिने उनको भनाई छ । निर्देशिकामा लेखा विषयकोे लागी मास्टर डिग्रीमा न्युनत दोस्रो श्रेणी र अस्थायी अनुमती पत्र हुनुपर्नेमा डम्बरको योग्यता नपुगेको बुझिएकोे छ ।

 

स्थानीयको दभावका कारण परिक्षा प्रक्रिया हाललाई अगाढि बढाउन नसकिएको राष्ट्रिय रमणीय आवासिय मावि दुधे स्रोत केन्द्रका स्रोत व्यत्ति कृष्ण प्रसाद भण्डारीले बताए । ठुलो जमात भेला पारेपनि नियमविपरित काम गर्ननमिल्ने भन्दै केहि दिनपछि परिक्षा समितिले आफ्नो काम सुचारु राख्ने भण्डारीले जनाएका छन् ।

समस्याले उग्ररुप लिएपछि मंगलवार वसेको नगरस्तरिय भेलाले स्थानीय प्रेम शेर्माको संयोजकत्वमा ७ सदस्यीय समस्या समाधान उपसिमति गठन गरिएको उनको भनाई छ । टोलीको कार्यक्षमतालाई केहिदिन पर्खेर आएको प्रतिवेदनलाई अध्ययन गरि अगाढि बढ्ने उनले बताए । समस्या समाधानका संयोजक शेर्मासग पटक पटक फोन सम्पर्क गर्दा सम्पर्क हुनसकेन शेर्माले आवेदक मध्ये डम्बर बाहेक अन्यको फिर्ता गराउनेमा लागी परेको बुझिएको छ ।

शिक्षक नियुत्तिको विषयलाई लिएर आवेदकले परिक्षामा सामेल गराईपाउ भनि केहिदिन अघि जिल्ला शिक्षामा निवेदन दिएपछि कार्यालयको ध्यानाकर्षण भएको उपजिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारीले बताए । निवेदनलाई मध्यनजर गरि स्रोत व्यक्ति कृष्ण प्रसाद भण्डारीलाई समस्याको यथार्थ विवरणसिहतको प्रतिवेदन पेशगर्नको लागी केहि दिन अघि पत्रचार गरिएको भण्डारीले बताए ।

शिक्षाको निर्देशिका अनुसार नेपाली नागरिक्ता भएको योग्य जुनसुकै व्यत्तिले आवेदन दिई परिक्षामा सामेल हुन पाउने अधिकार रहेको सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले बताए । नियमभन्दा बाहिर गएर केहि गर्ननसकिने उनको भनाई छ ।