हुलाक सेवा विकासका लागि सहयोग गर्ने : सञ्चारमन्त्री बस्नेत

0
Shares

काठमाडौँ, ३२ साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हुलाक सेवा विकासका लागि मन्त्रालयले सहयोग गर्ने बताउनुभएको छ ।

गोश्वारा हुलाक कार्यालयले आज यहाँ आयोजना गरेको डाँक ढुवानी सवारीको उद्घाटन कार्यक्रममा उहाँले प्रतिस्पर्धाको जमानामा हुलाक सेवालाई थप प्रभावकारी बनाउन यसलाई आधुुनिक प्रविधियुक्त बनाएर लग्नुपर्ने आवश्कता औल्याउनुभयो ।

मन्त्री बस्नेतले संविधान कार्यान्वयन र देशको आर्थिक विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।

सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले नयाँ प्रविधिको विकाससँगै हुलाकलाई पनि प्रविधिमैत्री बनाउँदै सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले जनशक्तिको अभावमा विभागले उपयुक्त सेवा दिन नसकेको स्पष्ट पार्नुभयो ।

उक्त डाँक ढुवानी सेवा करिब ३० देखि ३५ जिल्लामा पु¥याएको जनाएको छ ।

यसअघि मन्त्री बस्नेतले हुलाक कार्यालयको निरीक्षण गरी त्यहाँको वस्तुस्थितबारेमा जानकारी लिनुभयो । रासस