लिसवन (पोर्चुगल), ३१ साउन । पोर्चुगलको माएिरा भन्ने टापूमा धार्मिक महोत्सव मनाइरहेको ठाउँमा मङ्गलबार एक विशाल रूखले थिचेर कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
करिब २०० बर्ष पूरानो भएको विश्वास गरिएको उक्त रूख एक्कासी कार्यक्रमस्थलमा ढल्दा ११ जनाको मृत्यु भएको र ३५ जनाभन्दा बढी व्यक्ति घाइते भएका यहाँको सरकारी टेलिभिजन च्यानल आरटिपीले बताएको छ ।
टापूको दक्षिणी किनारमा अवश्थित एक चर्च नजिकै रहेको उक्त रूखमुनि धार्मिक पर्वका अवसरमा रमाइलो मनाइरहेका भक्तजन सबै पोर्चुगाली नागरिक नै रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस
प्रतिक्रिया