फेरी अनसन बस्ने भन्दै मागै पुरा नभई किन छाडे डा. गोविन्द केसीले सत्याग्रह ?



सन्तोष खनाल, काठमाडौं ।
२३ दिन देखी अनसनमा बसेका डा. गोविन्द केसीले माग पुरा नहँदै आज मंगलबार सत्याग्रह त्यागेका छन । चिकित्सा क्षेत्रमा व्याप्त समस्या समाधानको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीले देश बाढी र पहिरोको चपेटामा परेकोले सबैको ध्यान त्यता केन्द्रित गर्न सत्याग्रह त्यागेको बताएका छन ।

उनले बाढीपहिरोले मुलुकमा समस्या आएको र त्यसतर्फ सबैको ध्यान केन्द्रित होस भन्ने हेतुले माग पूरा नभएपनि अनसन स्थगित गरेको बताएका हुन ।

अस्पताल परिसरमा आयोजना गरीएको पत्रकार सम्मेलनमा डा. केसीले माफिया प्रवृत्ति विरुद्धको आन्दोलन कुनै पनि हालतमा नरोक्ने अठोट समेत जनाएका छन । उनले आफ्नो आन्दोलन जारी रहेको बताउँदै सिरकारले माग पुरा नगरे फेरी सत्याग्रह बस्ने बताएका छन ।

त्रिवि शिक्षण अस्पतालमा अनसरत केसीलाई यसअघि सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपनि कुनै पनि हालतमा उधारो सहमति गरेर अनसन नतोड्ने अडान लिँदै आएका उनले फेरी सरकारले माग पुरा नगरे अनसन बस्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्