हेटौंडामा युवा समूहबीच खुकुरी हानाहान



हेटौंडा,(नेस) । हेटौंडाको अति व्यस्त सडक वडा नम्बर–४, स्कुलरोडमा मंगलबार दिउ“सो करिब ५ बजे विवादमा युवाको समूहबीच खुकुरी हानाहान भएको छ । खुकुरी हानाहानमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको मकवानपुर प्रहरीका नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

एक समूहले खुकरी हानेपछि अर्को समूहले पनि खुकुरी प्रहार गर्न सुरु गरेको स्थानीय प्रत्यक्षदर्शी बताउ“छन् । आक्रोशित युवा सडकमै लडीबुडी गरेर फिल्मी शैलीमा ‘युद्ध’ गरेका थिए । खुकुरी हानाहान गर्दा सडकमा लडेकाहरु घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रनाउ गौतमले बताए ।

प्रहरीका अनुसार खुकुरी हानाहानमा हेटौंडा–८, कमानेका अमिर प्रधान, हेटौंडा–१, चौकीटोलका सुशान्त अर्याल र आकाश श्रेष्ठ घाइते भएका छन् । उनीहरुको विवादको कारण खुल्न सकेको छैन । घाइतेहरुको टाउको तथा हातमा चोट लागेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्