डा. केसीले आज साँझसम्ममा अनशन तोड्न सक्ने



नेपाल समाचारपत्र, काठमाडौ ।
सरकारी चिकित्सक संघ नेपाल(गोदान)ले २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका माग २४ घन्टाभित्र सम्बोधन नभए जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिएको छ। सरकार आज साँझसम्म प्राध्यापक डा.गोविन्द केसीको अनशन तोडाउने गरी कसरतमा जुटेको छ।

त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले एकपछि अर्को गर्दै सरोकारवालासँग छलफल गरिरहेका छन्।

गोदानले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, आगामी २४ घन्टाभित्र परिणाममुखी वार्ता नभएर सरोकारवाला निकायहरु यसरी नै मुकदर्शक भएर बस्ने स्थिति रहेमा डा.केसीको जीवनरक्षार्थ संघले जस्तोसुकै कडा कदम चाल्न विवश हुने र असहजताका बीच चालिएको त्यस्तो वाध्यात्मक कदमको जवाफदेही नेपाल सरकार र सम्बन्धित निकायहरु हुने जानकारी गराउदछौं ।

डा. केसीको समर्थनमा दबाब दिन साउन २७ गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको गोदानले देशैभरि आएको बाढीपहिरोपछि साउन २८ गते नै आफ्नो आन्दोलन फिर्ता लिएको थियो।

प्रतिक्रिया दिनुहोस्