गुठी संस्थानमा अनियमितता, जनकपुरमा महन्त नियुक्ति गर्ने सर्तमा जम्बो टोली भारत भ्रमणमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
जानकी मन्दिरमा महन्त नियुक्ति गर्न ठुलो चलखेल शुरु भएको छ । महन्त नियुक्ति गर्ने सर्तमा गुठी संस्थानका अध्यक्ष, प्रशासक र सदस्य सहितको जम्बो टोलीलाई भारत भ्रमणमा लगिएको छ । विना कारण भारत भ्रमणमा रहेका संस्थानका जम्बो टोली १० दिन वितिसक्दा पनि स्वदेश फर्किएका छैनन् ।

स्रोतका अनुसारे गुठीका जग्गा जनकपुर क्षेत्रमा बढी अतिक्रमण भैरहेको बारे मन्त्रीलाई ब्रिफिङ गर्न भनी श्रावण २२ गते जनपुर गएका गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवाली, प्रशासक नारायण चौधरी तथा सदस्यहरु केदार कोइराला र शक्ति प्रसाद सापकोटाका साथै उपप्रशासक सरोज थपलिया जनकपुर गएका थिए । नौ जनाको समति रहेको गुठी संस्थानमा एक सदस्य ओम प्रसाद आजादलाई पछि हस्ताक्षर गर्ने गरि माइन्युट गरि जनपुर गएको टोलीले मन्त्रीलाई भने जानकारी दिएको थिएन् । स्रोतका अनुसार भुमिसुधार मन्त्री गोपाल दहित भने छुट्टै कार्यक्रम छ भनी भोलीपल्ट २३ गते मात्र जनपुर बोलाइएको थियो ।

जनपुरको महन्त नियुक्ति गर्दा लाखौ रुपैयाको चलखेल हुने यस अघि पटि पटक पटक सञ्चारमाध्यमहरुमा आइरहेको थियो । जनपुरबाट अहिलेका महन्त राम तपेश्वर दासका भञ्जा रोशन दास आफुलाई महन्त नियुत्ति गर्ने सर्तमा मोटो रकम दिई दुई वटा भारतीय नम्बर प्लेटको गाडीमा गुठी संस्थानका अध्यक्ष, प्रसासक, सदस्य र उपप्रशासक सहित ६ जनालाई भारत सयरमा लगेको स्रोतले जानकारी दिएको छ । यस विषयमा केन्द्रिय कार्यालयमा रहेका निमित्त प्रशासक दिपक वहादुर पाण्डेलाई सम्पर्क राख्दा आफुलाई कुनै जानकारी नभएको जवाफ दिनुभएको छ । ‘उहाहरु यहा हुनुहुन्न, कहा गए मलाई केहिपनि थाहा छैन’– निमित्त प्रशासक पाण्डेको भनाई थियो ।

स्रोतले जानकारी दिए अनुसार जनपुर मन्दिरको नयाँ महन्त नियुक्तिको लागि भुमिसुधार मन्त्री दहित लाई आफुले मिलाई सकेको भन्दै रोशन दासले गुठीका जम्बो टोलिलाई मोटो रकम दिएर भारत घुमाउन लगेका हुन । गुठि संस्थानको टोली संगै उहा पनि संगै भारत गएको बताइएको छ । महन्त नियुक्ति गरिदिने सर्तमा भारत भ्रमणमा रहेका गुठी संस्थानका अध्यक्ष र प्रशासक सहितको टोली मंगलबार साझ सम्म पनि राजधानी आइपुगेका थिएनन् ।

जानकी मन्दिरमा महन्त नियुक्ति बारे २०७४ साल श्रावण २८ गते सर्वोच्च अदालतले दिएको परमादेश पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । तत्कालिन अवस्थामा सवोच्च अदालतले जानकी मन्दिरमा पहिला नियुक्त भएको महन्त र अहिले नियुक्त भएको महन्त प्रक्रिया नपुगेको भन्दै वैद्ध र प्रक्रियागत ढंगले महन्त नियुक्त गर्न आदेश दिएको थियो । सवोच्चको आदेश लामो समयसम्म पनि कार्यान्वयन नगरेपछि गुठी सस्थानलाई मानहानीको मुद्धा परेको छ ।

गुठी संस्थानको देशभर १४ लाख ४२ हजार रोपनि जग्गा रहेको छ । जग्गा संरक्षणको अभावमा दुरुपयोग भएको तथा स्वयम संस्थानले समेत गुठीको जग्गा श्रेष्ताको अभिलेख अद्याबदिक गर्न नसकेको जस्ता आरो लागिरहेको बेला गुठी संस्थानका जिम्मेवार पदाधिकारी मोटो रकम चलखेल गरि लामो समय घुमफिर गरि भारतमा बसेको बारे भुमिसुधार मन्त्रालयले स्पष्टिकरण सोध्ने तयारी गरेको बताइएको छ ।

यस अघि आफ्ना प्रमुखले मन्त्रिपरिषदको निर्णय विपरित दोहोरो सुविधा लिएको भन्दै आलोजना गर्दै आएका गुठिसस्थानका कर्मचारीहरुले पछिल्लो समय संस्थान धरासायी हुदै गएको भन्दै तालुक अड्डा भुमिसुधार मन्त्रालयमा पटक पटक गुनासो गर्दा पनि सुनुवाई नभएको गुनासो गरेका थिए । दोहोरो सुविधा बारे मन्त्रीपरिषदको २०७२ माघ ८ को निर्णय विपरित हाल सम्म दोहोरो सुविधा उपयोग गरेको भन्दै कर्मचारीहरुले विरोध गरेका हुन ।

गुठी संस्थान भित्र उच्च कर्मचारीको मिलेमत्तोमा केन्द्रिय कार्यालय परिसरमा पार्किङ टेण्डर ठेक्कामा समेत अनियमितता भएको पनि बताइएको थियो । पार्किङ ठेक्का लगाउन मागिएको टेण्डरमा वार्षिक १० लाख कबुलेको टेण्डर फाइल पेन्डिङमा राखि दुईवर्षको २० लाख रुपैया संस्थानलाई घाटा पु¥याएको बारेमा समेत सम्बन्धित मन्त्रालयले वास्ता नगरेको कर्मचारीहरुले गुनासो गरेका थिए । साथै संस्थानको अक्षयकोष र कल्याण कोषमा रहेको २ अर्ब ३५ करोड रुपैया पनि वोर्ड बैठकको निर्णय विना विभिन्न बैठमा रकम राखिएको बारेमा पनि यस अघि चर्चा भएको थियो ।

धर्म संस्कृती र परम्पराको संरक्षण र संवद्र्धन गर्ने, गुठिको जग्गाको संरक्षण गर्ने, सांस्कृतिक र पुरातात्विक महत्वको मठमन्दिरको अभिलेख राख्ने, विभिन्न जात्रा पर्व चलाउने, जग्गाको प्रशासन (व्यवस्थापन) गर्ने जस्ता महत्वपुर्ण काम गर्ने गुठि सस्थान पछिल्लो समय धरासायी हुदै गएको बताइएको छ ।