स्थानीय प्रशासनले उद्धार र राहत वितरणमा चासो देखाएन, चुरे क्षेत्रका पिडित राहतबाट बन्चित



गोकुल घोरसाइने, बारा ।
स्थानीय प्रशासनले उद्धार र राहत वितरणमा चासो नदेखाएपछि जिल्लाको निजगढ नगरपालिका १२ र १३ का २ दर्जन बाढी र पहिरो पिडित परिवारको ३ दिनदेखि बिचल्लीमा छन । जिल्लास्थित सरकारी र गैह्सरकारी संघ संस्थाले दक्षिणी भेगका बाडी र डुवान पिडित परिवारलाई मात्र ध्यानमा राखेर उद्धार र राहत वितरण कार्य संचालन गरेपछि उत्तरी भेगमा चुरे क्षेत्रका पिडित ओझल परेका परेका हुन ।

अविरल बर्षापछि लाल, शक्ति खोला बाडी र चुरे पहिरोले घर बगाएरपछि यस क्षेत्रका दुई दर्जन मध्ये १४ परिवार स्थानीय मन्जुश्री प्राविमा शनिबारदेखि आश्रय लिएर बस्दै आएका छन । अन्य विस्थापित आफन्त र छिमेकीको घरमा बस्ने गरेको स्थानीय तिलक घलानले जानकारी दिए । चुरे फेदीको लाल नदी किनारामा रहेको चिसापानी, बुङ्गजोर, रामथली, बर्थली, भक्तलालमा बाडी पहिरो एकै साथ पसेपछि घरगोठ बगाउनको साथै एक सय बिगाहा भन्दा बढी धान र मकै फल्ने खेत बालुवाले पुरेर बगरमा परिणत गरेको छ ।

राष्ट्रिपति चुरे संरक्षण कार्यक्रम अन्तरगत गत बर्ष लाल खोलामा निर्माण भएको बाँध भत्किएरपछि चिसापानी वस्तिमा बाढी पसेको थियो भने अन्य क्षेत्रमा चुरेबाट निस्कने रामथली र पानीसरा खहरेको बाढीले थप क्षेति पुर्याएको हो । ‘बाढी र पहिरो एकैसाथ आयो, चिसापानीकी जोसीमाया थिङ्गले भनिन, मृत्युको मुखमा पुगेर फर्किए जस्तो अनुभव छ ।’ ‘बाढी पहिरोबाट जोगिएकाहरु फेरि अहिले पिउने पानी र खाने बस्ने समस्याले समस्यामा छन, उनले भनिन, बचेकाको उद्धार र राहत वितरणमा कसैले पनि ध्यान दिएका छैनन ।’

वस्तिमा मरेका चौपायको दुगन्र्ध फैलिएको र मुहान बगाएर वस्तिमा पिउने पानीको अभाव भएको उनले सुनाइन । बाढीले बगाएर र पहिरोले पुरिएर गाई, भौसी, गोरु र बाख्रा समेत गरी ३ दर्जन चौपाय मरेको पनि उनले सुनाइन । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले तुलनात्मक रुपमा बढी क्षेतिको अनुमान गरिएकाले दक्षिणी भेगलाई प्राथमिकतामा राखेर उद्धार तथा राहत कार्य अघि बढाइएको जानकारी दिए । बाढी र डुवानबाट घरबार बिहिन १ हजार १ सय परिवारलाई सुरक्षित स्थानमा राखिएको र नेपाल रेडक्रससंग समन्वय गरेर सुख्खा खानेकुरा र पिउने पानीको प्रवन्ध मिलाइएको प्रजिअ मानन्धरले जानकारी दिए । चुरे क्षेत्रका बाढी प्रभावितको हकमा भने निजगढ नपा कार्यालयमार्फत उद्धार र राहत वितरणको तयारी भइरहेको जानकारी दिए ।

कार्यकारी अधिकृत भरतप्रसाद अधिकारीले पिडित परिवारको तथ्याङ्क संकलन कार्य पुरा भएको र स्थानीय राजनितिक दलका प्रतिनिधिको बैठक बसेर राहत वितरण बारे निर्णय लिइने जानारी दिए । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दिपक राय सहित नपा कार्यालयको टोलीले टोलीले सोमबार र मंगलबार बिहान बाढी÷पहिरो प्रभावित क्षेत्रमा पुगेर क्षेतिको विवरण संकलन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्