कोसी उच्च बाँध बनाउन भारतीय दबाब, बने ७५ हजार विस्थापित हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।
भारत सरकारले यसअघि सर्वेक्षण भएअनुसार नै कोसी उच्च बाँध बनाउन दबाब दिएको भए पनि त्यसलाई अस्वीकार गर्न विज्ञहरुले सुझाव दिइरहेका छन् ।

दुई देशका उच्च सरकारी अधिकारी तथा राजनीतिक दलहरुका औपचारिक तथा अनौपचारिक भ्रमण र प्रवुद्ध समूहका बैठकमा भारतीय पक्षले उच्च बाँध निर्माण कार्य थाल्न दबाब दिएको पनि नसुनिएको होइन् ।

सर्बेक्षणअनुसार कोसी उच्च बाँध बनाउन बारम्बार दबाब आएको खुलासा भएको छ ।

नेपालीको अहितमा रहेको कोसी उच्च बाँध बनाउन भारतले बारम्बार दबाब दिँदै आएको छ भारतको स्वार्थ अनुसार बाँध निर्माणको सर्वेक्षण भएको हो । नेपालले यसलाई अस्वीकृत गरेर कोशी ब्यारेकै संरचनालाई पनर्निर्माण गर्नुपर्ने देखिएको बताइएको छ ।
यदि यो केहि गरेर बनिहाल्यो भने नेपालका करिब ७५ हजार बस्ती बिस्तपीत हुने देखिएको एक अध्यानले जनाएको छ ।