राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीले खडा गरे विमानस्थलमा अस्थायी कार्यकक्ष



नेपाल समाचारपत्र, काठमाडौ ।
गृहमन्त्री जनार्दन शर्मा मंगलबार राहत वितरणका लागि ढुवानीको निरीक्षण गर्न त्रिभुवन विमानस्थलमा आफै खटिएका छन् । रौतहट, पर्सा लगायत विभिन्न बाढी, पहिरो तथा डुबान प्रभावित जिल्लाहरुमा राहत सामाग्रीहरुको समानुपातिक वितरण नभएको गुनासो आएपछि मन्त्री शर्मा आफै विमानस्थलमा १० बजेदेखि निरीक्षणमा खटिएका हुन ।

गृहमन्त्री शर्माले विमानस्थलबाट उद्धार र राहतमा परिचालन हुने हेलिकप्टर र राहत सामग्रीलाई व्यवस्थित गर्ने अस्थायी कार्यकक्ष संचालन गरेका हुन्।

मन्त्री शर्माले तीन सुरक्षा निकायका प्रमुखलाई पनि विमानस्थलमा नै बोलाएका छन्। गृहमन्त्रीका एक सहयोगीले भने,‘राहतमा अनियमितता र बास्तविक पीडित समक्ष राहत नपुगेको गुनासो आएपछि मन्त्री आफैं विमानस्थलमा आएर खटिनु खटिएका हुन ।
सरकारले बाढी पहिरो पीडितका लागि राहत वितरण गर्न एकद्वार प्रणाली लागू गरेको छ।

प्रतिक्रिया दिनुहोस्