पोखरामा एक सैनिकले आफ्नै साथीलाई गोली हाने



नेपाल समाचारपत्र, पोखरा ।

पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानेर हत्या गरेका छन् ।

फेवाताल किनारमा रहेको पोखरा सिद्धीबक्स गणको रत्न मन्दिरको सुरक्षार्थ खटिएका सैनिकले सुतिरहेका आफ्नै सहकर्मीको हत्या गरेका हुन् । दार्चुला घर भई प्यूठ पदमा गणमा कार्यरत वसन्त लोहारले बैतडी घर भएका आफ्नै सहकर्मी गणेश विष्टको हत्या गरेका हुन् ।

 

राति ३ बजेदेखि ६ बजेसम्मको ड्यूटीमा रहेका उनले बिहान ४ः३० बजे सुतिरहेका विष्टमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ ।

घरायासी विवादका कारण घट्ना घटेको प्रहरीको अनुमान छ ।

मृतक विष्टको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ भने गोली प्रहार गर्ने लोहार आर्मीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्