पशुपतिको निवेदनखारेज गर्न थापाको माग



हेटौंडा,(नेस) । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीयअध्यक्षकमलथापाले पशुपतिशम्शेर जबराले पार्टी विभाजनकालागिदिएको निवेदन नै खारेज गर्न माग गरेका छन् ।  गृहनगर हेटौंडामा आइतबार पत्रकार सम्मेलनगर्दै अध्यक्षथापाले नेपालको संविधानअनुसार पार्टी विभाजनकालागि ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर आवश्यकहुने व्यवस्थाहुँदासमेत त्यसो न नसकेको अवस्थामासत्ता र शक्तिमा रहेकाकांग्रेस र माओबादी केन्द्रको दबाबमानिर्वाचनआयोगले पुनः समय थप्ने सम्भावना बढेको भन्दै थापाले तत्काल जबराको निवेदनखारेजीमाग गरेकाहुन् ।

‘सरकार तथा सरकारबादीदल नेपालीकांग्रेस र माओवादी केन्द्र राप्रपा फुटाउने षडयन्त्रमा लागेका छन्,’उनीहरुलाई थपम्याददिए पार्टीपद्धति कमजोर हुने दाबीथापाले गरे । ‘यो पटकपटक म्यादथपिरहने विषयहोइन,’उनले प्रश्न गरे–४० प्रतिशतनपुगेसम्म के म्यादथपिरहने हो त ।

‘निर्वाचनआयोग, सत्ता र शक्तिको लाचार छाया बन्नुहुन्न,’उनले भने । यो केवल राप्रपाविभाजनगर्ने क्षणिक खेलमात्रनभएर निर्वाचननजिक रहेका बेला राष्ट्रिय राजनीति धु्रवीकरण हुने अवस्थाको संकेत रहेको उनको भनाइ छ ।     पशुपतिशम्सेरले निवेदनदिएकैदिननिर्वाचनआयोगले ४० प्रतिशतबारे अनुसन्धान गरेर निर्णय लिनुपर्नेमाआयोगमा समेत राज्यसत्ताको चरम दुरुपयोग भएको थापाको आरोप छ । कानुनविपरीत निवेदनलाई खारेज गर्न नसक्नु आयोगको चरम लापरबाहीभएको थापाको भनाइ छ । आयोगले  संविधान उलंघन गर्ने काम गरे आफूहरु कानुनीउपचारकालागिअदालतजाने उनले चेतावनीदिए ।

थापापक्षले राणाले ४० प्रतिशत केन्द्रीय सदस्यनपुग्ने दाबी गरेको छ । राणा पक्षले भने आफूसँग ४० प्रतिशतभन्दा धेरै केन्द्रीय सदस्य रहेको दाबीगर्दै आएको छ । राप्रपाबाट विभाजितहुने प्रयासमा रहेको राप्रपा (प्रजातान्त्रिक) निर्वाचनआयोगमादर्ता हुन सकेको छैन । निर्वाचनआयोगले दिएको आइतबार ११ देखि ५ बजेभित्रको समयमा ४० प्रतिशत केन्द्रीय सदस्यउपस्थित गराउननसकेपछि दलदर्ता हुननसकेको हो ।

पशुपतिशम्शेर राणा पक्षले देशभर आइरहेको बाढीपहिरोकाकारण आफ्नापक्षका केन्द्रीय सदस्यआयोगमाउपस्थितहुननसकेको भन्दै थपदशदिन समय माग गरेको बुझिएको छ । राजनीतिकदलसम्बन्धि ऐनअनुसार पार्टी विभाजनगर्न त्यसको ४० प्रतिशत केन्द्रीय सदस्यहुनु जरुरी छ । निर्वाचनआयोगले राप्रपाको १ सय ५६ जनाको केन्द्रीय समितिलाई मान्यतादिएकाले पार्टी विभाजनगर्न कम्तिमा ६३ केन्द्रीय सदस्य राणाको पक्षमाहुनु जरुरी छ ।

निर्वाचनआयोगले मध्यचुनावमा केहीव्यक्तिको आडमा पार्टी विभाजनगर्ने जालसाजीकाम गरेको र कीर्तेढंगबाट काम गरेको थापाले बताए ।

‘प्रदेश नं २ को निर्वाचनतीव्रगतिले अगाडि बढिरहेको छ । हामीले उम्मेदवार तय गर्नुपर्नेछ, प्रचारप्रसारमालाग्नुपर्ने छ । यो विवादकायम रहँदात्यसले हामीलाई असर गर्छ’, अध्यक्षथापाले भने–यसले हामीलाई अत्यन्तदुःखीतुल्याएको छ । जसलाई हामीले विश्वास ग¥यौं, ती व्यक्तिहरुबाट विश्वासघात भयो ।
पार्टीएकीकरण गरेर देशको अग्रणी शक्तिबनाऔं भन्ने जुन परिकल्पनाथियो, त्यो परिकल्पनाका सहयात्रीहरु यति चाँडै विचलितभएको देख्दादुःखलागेको छ । तर,म विचलितभएको छैन ।

प्रतिक्रिया दिनुहोस्