राप्रपाको केन्द्रीय बैठक हेटौंडामा

0
Shares

हेटौंडा,(नेस) । राप्रपाको केन्द्रीय समिति बैठक भदौ १ गते केन्द्रीयअध्यक्षकमलथापाको गृहनगर हेटौंडामा बस्ने भएको छ । यसबारे मंगलबार आधिकारिक निर्णय हुने छ ।

नेतापशुपति समशेर जबराले पार्टी विभाजनगर्न निवेदन दिएपछि राप्रपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो । जबराले पार्टी विभाजन गरेपछि निर्वाचनआयोगले प्रारम्भ गरेको सनाखतप्रकरण र भावी रणनीति बारे बैठकमा छलफल हुने बुझिएको छ ।

पशुपतिशमसेर पक्षको रित नपुगेको निवेदनखारेज गर्नुको सट्टा आयोगले सनाखतगर्न सूचनाजारी गर्नु, आफैंले जारी गरेको सूचनाकिनारा नलगाएर पुनः सनाखतको समयावधि बढाउनुले निर्वाचनआयोगको विश्वसनीयताकमजोर हुने राप्रपाले जनाएको छ ।

विभिन्नशक्ति केन्द्रको दबाब र प्रभावमानिर्वाचनआयोगले निर्णय गरेकाले उक्त निर्णय दुःखद् र विडम्बनापूर्ण रहेको जनाइएको छ । राप्रपाले पार्टीको वर्तमान अवस्थाबाट विचलितनहुन पार्टी सदस्य र शुभेच्छुक शुभचिन्तकलाई आग्रह गरेको छ ।