नेपाल समाचारपत्र, सप्तरी ।
सप्तरीको कुलारी गाउँका देवकुमार सदाले आफ्ना ८ वर्षीय भतिज कमल सदालाई कोशी नदीमा बगाएर अन्तिम संस्कार गरेका छन्।
अविरल वर्षाले निम्त्याएको बाढीका कारण बिरामी परेर कमलले ज्यान गुमाएका थिए।
साधारणतया उक्त समुदायमा बच्चाको अन्तिम संस्कार गाडेर गर्ने गरिएपनि बाढीका कारण सबैतिर जलमग्न भएपछि कमलको परिवारले उनको शवलाई नदीमा बगाउने निर्णय गरेको बताइएको छ ।
तस्विर : नरेन्द्र श्रेष्ठ, EPA











प्रतिक्रिया