गोरखा तिज मेलाको टिकटको पैसा बाढि पिडितलाई

0
Shares

सन्तोष अधिकारी, गोरखा । गोरखा उद्योग वाणिज्य संघ महिला उद्यम विकास समिती गोरखाले गत शनिबार देखि आयोजना गरेको तेस्रो तिज मेला २०७४ मा प्रवेश टिकटबाट उठेको रकम तराईका बाढी पिडितलाई दिने भएको छ ।

पहाडमा भूकम्प जाँदा तराईका नेपाली आएर गरेको सहयोग सम्झेर र नेपाली हुनुको दायित्व पुरा गर्न सहयोग गर्ने निर्णय गरेको महिला उद्यम विकास समितीकी अध्यक्ष विष्णु मास्केले बताईन ।

‘तराई पुरै डुबेको छ, नेपाली डुबेका छन । केहि सहयोग गरौँ भनेर हामीले तिज मेलामा प्रबेश बापत काटेको टिकटबाट उठ्ने पैसा सहयोग गर्ने निर्णय गरेका हौँ’ मास्केले भनिन् ‘महिला उद्यमीले लियो क्लब सँग साझेदारी गरेर तिज मेलामा टिकट वितरण गरेका छौँ । सोही टिकटबाट उठेको पैसा नै हामीले सहयोग गर्न लागेका हौँ ।’

तेस्रो तिज मेलामा प्रवेश शूल्क बापत प्रति टिकट १० रुपैँया लिने गरिएको छ ।
बाढी पिडितका लागि सहयोग संकलनका लागि लियो क्लब अफ गोरखा सँगै लायन्स क्लब अफ गोरखा, लायन्स क्लब अफ गोरखा कालिका मिलेर अघि बढेको लियो क्लब अफ गोरखाका यम बसेलले जानकारी दिए ।

तिज मेलाको टिकटबाट उठ्ने पैसा सँगै यि सामाजिक संस्थाहरुले गोरखा सदरमुकामका विभिन्न क्षेत्रमा बाढी पिडितलाइ सहयोग संकलन स्वरुप विभिन्न कार्यक्रम समेत गर्न लागेका छन् । तिन दिन यताको निरन्तर भिषण वर्षाका कारण तराई र पहाडका विभिन्न जिल्लामा गरेर अहिले सम्म ६६ जना मान्छेको मृत्यु भइसकेको छ ।