तराईको विजोग : त्रास कायमै, कृष्णजन्माअष्टमी पर्व कसरी मनाउनु ?



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीमा केही दिनदेखि परेको अविरल वर्षा र बाढीका कारण भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व प्रभावित भएको छ । यसपाली कृष्ण जन्माअष्टमी पर्व प्रभावित भएसंगै भक्तजनहरुको पुजाअर्चनाका लागि चाहिने फलफुलको मूल्य समेत आकासिएको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

सदरमुकाम जलेश्वर लगायत ग्रामिण क्षेत्रहरुमा धुमधामका साथ मनाईने यो पर्व यसपाली भनि जेनचेत विधिपूर्वक पुजापाठ गरि मनाइने भएको छ । यसपाली बाढीका कारण सदरमुकामसंग ग्रामिण क्षेत्रहरुसंग सम्बन्ध विच्छेद भएपछि फलफुलको मूल्य पनि आकासिएको छ ।

यो पर्वमा फलफुल अनिवार्य चढाउने भएकोले फलफुलको मूल्य दोब्बर भएको जलेश्वरका युवा नागेन्द्रकुमार कर्णले बताए । उनले तीन दिनदेखिको अबिरल वर्षासंगै आएको बाढीको कारणले जलेश्वरसहित महोत्तरीको अन्य बजारहरुमा पनि फलफूको मूल्य आकासिएको बताए । उनले अन्य दिन स्याउको मूल्य प्रतिकिलो १०० रुपैया पर्नेमा अहिले १६० देखि १७० रुपैया, केरा अन्य दिन ५० रुपैया दर्जन दिने गरेमा अहिले ८० भन्दा माथि दिने गरेको जानकारी गराए ।

जिल्लाको सदरमुकाम जलेश्वर आउन जाने सम्पूर्ण बाटोहरु बन्द रहेका कारण जलेश्वर बाजारमा फलफुल अभाव समेत सृजना भएको छ । जलेश्वर आउने भिठामोड जनकपुर सडकखण्ड, जलेश्वर सम्सी सडकखण्ड, जलेश्वर मटिहानीसडकखण्ड, जलेश्वर बर्दिबास सडकखण्डसहित अन्य ग्रामिण सडकहरु समेत बन्द भएका कारणले फलफुलको अभावसंगै मूल्य आकासिएको हो ।
फलफुलकाा व्यापरी रोशन चौधरीले विगत तीन दिनदेखि परेको अविरल वर्षा र बाढीले आफूहरुले स्टोकमा राखेको फलफुल सडिगली नोक्सान भएको र जलेश्वरसंग जोडिएको सडकखण्डको सम्पर्क टुटेकोले खरिद गर्नसक्ने समेत अवस्था नभएको गुनासो पोखे ।

 

प्रतिक्रिया दिनुहोस्