२२ केजी गाँजा मोटरसाइकलमा

0
Shares

हेटौंडा, (नेस) । हेटौंडामा प्रहरीले गाँजा र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रहरी चौकी भैंसेबाट खटिएको सयुक्त चेकिङ टोलीले भीमफेदी गाउँपालिका–९, का सघारी स्थित सडकमा नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना. १६ प ६५५२ नं. मोटरसाइकल चेक गर्दा गाँजा र अफिम बरामदभएको हो ।

मोटरसाइकल चालक भीमफेदी–९ बस्ने वर्ष २९ का खड्गबहादुर मोक्तानले ल्याएको एउटा झोलाबाट गाँजा ८ किलो ३ सय ग्राम र अर्काे झोलाबाट गाँजा ७ किलो १ सय २० ग्राम बरामद हुँदा मोटरसाइकल पछाडि बसेका करिब २८ वर्षीय सुदीप लामाले बोकेको झोलाबाट गाँजा ७ किलो १ सयग्रामतथा प्लाष्टिकको डिब्बाभित्र लुकाइ ल्याएको अफिमसहित कुल २२ केजी ५ सय २० ग्राम गाँजा र १ केजी २ सय ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पनि बरामद गरी उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धानका लागि जिल्लाअदालत समक्ष पेश गरिने भएको छ ।