सृजनाको हत्यारा ३४ दिनमा पनि पत्ता लागेन

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।

ताप्लेजुङको निघुरादिनमा हत्या भएकि सृजना कुरुम्बाङ थलङको हत्याको विषयलाई प्रहरीले गम्भिरताका साथ नलिएको पिडित पक्षले गुनासो गरेका छन् ।

मृतक सृजनाका दाजु राजकुमार कुरुम्बाङ सहित स्थानिले सदरमुकाम फुङ्लिङमा सोमबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्नलाई केहि दिन नियन्त्रणमा लिई सामान्य तारेखमा छाडेको र घटनामा संलग्नको नाम सहित दिएको जाहेरी समेत प्रहरीले लिन नमानेको पिडितको गुनासो रहेको छ ।

गत असार ३० गते विहान आफ्नै घर नजिकैको मकै बारीमा हत्या गरीएको अबस्थामा भेटिएकि सृजनालाई उनकै देवर प्रकास थलङ, देवरानी रिता चोङ्बाङ, नन्द पुर्णिमायाँ थलंङ, सासु मनमायाँ थलङ, नन्द मालति थलङ सहित सात जनाले हत्या गरेको मृतकका दाजु राजकुमार कुरुम्बाङको दावि रहेको छ ।

श्रीमान दिलिप थलङ बैदेशिक रोजगारीमा कतार गएका र मृतक सृजना छ वर्षीय छोरा विप्लव सँगै छुट्टै घरमा बस्दै आएकि थिईन । असार २९ गते राति सुगर कराउँदा आमा बाहिर निकिस्को र आमा घर भित्र नआउँदा छोरा विप्लव पनि बाहिर निस्कदा फुपुहरुले आमालाई कुटेको आफुले देखेको बालक विप्लपले बताए पनि प्रहरीले पक्राउ परेका मृतकका नन्द र देउरानिलाई साधारण तारिकमा छाड्न लागेको मृतकका दाजु राजकुमारले बताए ।

आमालाई कुटेको देखेका बालक विप्लवले मुलघरमा गई अन्य फुपु र हजुरमाआमा लाई सुनाउँदा समेत बालकलाई त्यहि घरमा फकाएर सुताएको तर आमा हराएको र कुटेको कुरालाई बेवास्था गरेकाले घटनामा संलग्नलाइ थप पुष्टि गरे पनि प्रहरीले बेवास्था गरेको स्थानिय मणि संकर पोमुले बताए ।

मृतकको सब फेला परेको स्थानमा नन्दको हातमा लगाउने सिक्रि (ब्रासलेट) समेत फेला परे पनि प्रहरी भने पक्राउ परेकालाई छाड्न तर्फ लागेको पोमुको भनाई छ । प्रहरीले घटनामा संलग्न भनिएका नन्दहरु सहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरीरहेको बताएको छ । उनिहरुलाई मंगलबार साधारण तारेखमा छाड्ने प्रहरीको तयारी छ ।

 

यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपि) रामबहादुर केसिले घटनामा संलग्न भनिएका पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको बताउनुभयो । उहाँले उनिहरु बयानको आधारमा घटनामा संलग्न नदेखिए नियन्त्रणमा लिएको मंगलबार ३५ दिन पुग्ने भएकाले तारिकमा छाड्ने बताउनुभयो ।

 

उनिहरु तारिकमा छुटे पनि घटनाको अनुसन्धान नरोकिने डिएसपि केसिको भनाई छ । अहिले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ सहित प्रहरीको क्षेत्रिय अनुसन्धान टोलिले समेत अनुसन्धान गरीरहेको उहाँको भनाई छ ।